बैशाख १२, २०८१ बुधबार

तोडफोडमा संलग्नलाई कारवाही गर्न कर्मचारी संगठन झापाको माग

बिर्तामोड । नेपाल निजामति कर्मचारी संगठनको केन्द्रीय कार्यालयमा सोमवार साँझ भएको तोडफोड र धरपकडको घटनामा संलग्नलाई तत्काल पक्राउ गरि कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।

नेपाल निजामति कर्मचारी संगठन जिल्ला समिति झापाले एक विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाही गर्न माग गरेको छ । सोमबार साँझ संगठनको केन्द्रीय कार्यालयमा तोडफोडसँगै ११ औं राष्ट्रिय महाधिवेशनका संयोजक केदार प्रसाद देवकोटा र सहसंयोजक लेखनाथ कोइरालामाथि हातपात भएको थियो ।

सो घटना निन्दनीय भएको भन्दै झापा अध्यक्ष केदार पोखरेलले तोडफोड र निन्दनीय कार्यमा संलग्न व्यक्तिलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : आश्विन ५, २०७८ मंगलबार  १० : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]