बैशाख ७, २०८१ शुक्रबार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

बिर्तामोड । मोटरसाइकल दुर्घटनामा घाइेते पैदलयात्रीको मृत्यु भएको छ । असोज ३ गते चारपानेमा पैदलयात्री कनकाई ९ का २० वर्षीय सुमन थापालाई मोटरसाइकलले ठक्कर दिएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको को ४ प ६८९८ नं. को मोटरसाइकलले बाटो क्रस गर्दै गरेका थापालाई ठक्कर दिदा मुखमा चोट, बायाँ खुट्टा फ्याक्चर भई विर्तासिटी अस्पताल विर्तामोडमा उपचारका लागि भर्ना गरिएको थियो । मोटरसाइकल इप्रका अनारमनीको नियन्त्रणमा छ भने चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले बताए । मृतकको शव अस्पतालमै रहेको झापा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ५, २०७८ मंगलबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]