चारैजना छोराछोरी अपाङ्गता : लक्ष्मण भन्नुहुन्छ ‘घर आगनै सरकार आइपुग्यो’

इटहरी । इटहरी वडा नम्वर दुईको तामाङ्गचौकको एउटा घर, एउटै कोठाको चार कुनामा चारै ओछयानमा चार जना छोरा छोरी सुतिरहेका छन् । १४ देखि २९ बर्षसम्मका दुई छोरा र दुई छोरी उनीहरु कोहि पनि आँखा देख्न सक्दैनन् ।
कान्छो छोरो वाहेक कोहि पनि वोल्न समेत सक्दैनन् । उठेर हिडन् त परै जाओस, बस्न पनि सक्दैनन् । ओल्टाइपल्टाइ गर्नुपर्छ । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि विस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ ।
यहि परिवारका लागि इटहरी उपमहानगरले एकलाख सहयोग गर्ने भएको छ । यो जानकारी दिन उपप्रमुख लक्ष्मी गौतम तामाङ्ग परिवारको घरमै पुग्नुभयो । उपमेयर गौतमका अनुसार यस बर्षको वजेटमै उनीहरुको लालनपालनका लागि भनेर एक लाख वजेट ब्यवस्था गरेका छौ,अर्को बर्ष वढाउने छौ ।
त्यसको करिव २० दिनअघिमात्र इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सहित सामाजिक विकास महाशाखाको टोली इटहरी–२ स्थित लक्ष्मण तामाडको घर पुगेको थियो । टोलीले लक्ष्मण तामाङकी जेठी छोरी अस्मिता,जेठो छोरा सरोज,कान्छी छोरी सुस्मिता र कान्छो छोरा संदीपलाई पूर्ण अपांगता भएको रातोकार्ड वितरण गरेको थियो ।
इटहरी सरकारको यस्तो सहयोग पाएपछि वुवा लक्ष्मण तामाङ्ग भन्नुहुन्छ — सरकार घरदैलोमै आएको महसुस भयो । रातोकार्ड पाएपछि मासिक तीनहजार रकम पाउने प्रावधान छ ।
एकै परिवारका चारै जना सन्तानको त्यो अवस्था देखेर उपमेयर गौतमले उपमहानगरले मिल्ले र सक्ने सम्म सहयोग गर्ने बताउनुभयो । उहाँले यो घरलाई मन्दिर सम्झेर सहयोग गर्न सवैपक्षसँग आग्रह समेत गर्नुभएको छ । उहाँले भन्नुभयो –एकै परिवारको यस्तो अवस्था विरलैको हुन्छ यि सन्तानलाई भगवान सम्झेर सहयोग गरौ ।
१४ देखि २८ बर्षसम्मका चारै जना छोरा छोरी जो आँखा देख्दैनन, वोल्न सक्दैनन,जीउ लल्याकलुलुक छ उठेर वस्न सक्दैनन । दिशा पिसाव पनि सुतेकै ठाँउमा गराउनुपर्छ । नुहाउने, धुवाउने, खुवाउने, सरफाईमा तामाग दम्पति अहोरात्र खटनुपर्छ । आमा जसमाया भन्नुहुन्छ –रातभर सुत्न पनि पाइदैन,पालो पालो रेखदेख गर्छौ । मेरो अरु केहि काम छैन यिनै छोराछोरीलाई भगवान ठानेर स्याहार सुसार गरिरहेकी छु । वुवा लक्ष्मण सेवा निवृत नेपाली सेना हुनुहुन्छ । उहाँको पेन्सनवाट आउने रकमबाट जेनतेन परिवार धानिरहनुभएको छ । उहाँ भन्नुहुन्छ यो भन्दा गाहो के हुन्छ होला र ?
वुवा लक्ष्मणका अनुसार जेठी छोरी अस्मिता सात बर्षसम्म सवै ठीक थिइन । त्यसपछि विस्तारै आँखा देख्न छाडिन्, एक बर्षमा पुरै आँखा नदेख्ने भयो, त्यसपछि ढल्ने वेहोस हुने समस्या भयो, केहि समय पछि केहि थाहा नपाउने भएर ओछयानको ओछयान भइन् । अरु दुईजनालाई पनि ठयाक्कै त्यस्तै भयो । कान्छोछोराले पनि आँखा देख्न सक्दैनन् हिडडुल गर्न भने सक्छन । राम्रो अस्पतालमा लगेर उपचार गर्न सके हुन्थ्यो भन्ने उहाँलाई लागेको छ ।