चैत्र १५, २०८० बिहीबार

पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

रूपन्देही । गुल्मीमा अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्युु भएको छ । रेसुङ्गा नगरपालिका ८ तम्घास थुम्कालाइन बस्ने तिलक परियारकी २१ वर्षीया छोरी भावना परियार, १४ वर्षीया छोरीहरु गंगा र जमुनाको मृत्यु भएको हो । गंगा र जमुना जुम्ल्याहा हुन् ।

सोही घरको अर्को कोठामा सुतेका तिलक,उनकी श्रीमती र एक छोरी सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घर माथिबाट ढुंङ्गा माटोसहितको पहिरो आई घरको बीच कोठामा सुतिरहेका उनीहरु पुरिएको स्थानीयको भनाइ छ । स्थानीय वासिन्दा,नेपाली सेना र नेपाल प्रहरी, सशस्त्रको संयुक्त सहयोगमा ३ जनाकै शव निकाली जिल्ला अस्पताल तम्घास गुल्मी पठाइएको छ ।

प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]