कार्तिक १०, २०७८ बुधबार

जोखिममा सर्वसाधरणको यात्रा

बिर्तामोड । चाडवाड लागेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारीको गति जाँच्न थालेको छ । चाडवाड नजिकिदैं जाँदा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी गति मापन यन्त्र ‘¥याडर गन’ सहित सडकमा निस्किन थालेका हुन् । मंगलवार झापाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक निषेश चापागाई सहितको टोलीले शिवसताक्षी –१० मा सवारीको गति जाँचे ।

खुला क्षेत्रमा ६० र बजार क्षेत्रमा २० को स्पीड चलाउन मिल्ने भए पनि सवारी चालकले लापरबाही पूर्ण तरिकाले सवारी चलाएको पाइएको छ । झापा ट्राफिक प्रमुख चापागाई भन्छन्, चालकको लापरबाहीले यात्रुले जोखिमपूर्ण यात्रा गर्नु परेको छ । उनका अनुसार हरेक नागरिकले सुरक्षित यात्रा गर्न पाउनुपर्छ ।

चाडवाडमा सबै जसो सवारी हतारमा कुदाउने भएकाले बेलैमा नियन्त्रण गर्न ¥याडर गनबाट चेकजाँच शुरु गरेको उनको भनाई छ । पहिलो दिन माइधार क्षेत्रमा गरिएको छ, उनले भने – अब हरेक दिन विभिन्न ठाउँमा सवारीको गति जाँच गरिने छ । सार्वजनिक बस, मालवाहक ट्रक र निजी सवारीले तीव्र गतिमा सवारी चलाएको चापागाईको भनाई छ ।

पहिलो दिन २ सयभन्दा बढि सवारीको गति जाँच गरिएको प्रहरी सहायक निरीक्षक याम कुमार खड्काले जानकारी दिए । ११ वटा सवारीलाई लापरबाही गरेर सवारी चलाएको कसुरमा जरिवाना गरिएको छ । हरेक सवारीलाई सम्झाई बुझाई समेत गरिएको खड्काको भनाई छ । तीव्र गतिमा सवारी चलाउनेलाई १ हजारका दरले जरिवाना गरिएको बताइएको छ । १५ सय सम्म जरिवाना गर्न पाइने खड्काले जानकारी दिए ।
तथ्याङक अनुसार ०७८ बैशाख देखि झापामा ३३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । बैशाखमा ५२ वटा दुर्घटना भएको थियो । दुर्घटनामा ११ जनाले ज्यान गुमाएका थिए । जेठमा २८ दुर्घटना २ जनाको मृत्यु, असारमा ६३ दुर्घटना ६ जनाको मृत्यु, साउनमा ४९ दुर्घटना ६ जनाको मृत्यु र भदौमा ४५ दुर्घटना ८ जनाको मृत्यु भएको खड्काले जानकारी दिए । दुर्घटनाको संख्या र ज्यान गुमाउनेको संख्याले झापामा सर्वसाधरणको यात्रा जोखिममा रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट