चैत्र १५, २०८० बिहीबार

दमकको ठुलो कौडाखालबाट १७ जना पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय दमकले कौडा खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । भाग्न खोज्ने एक जना घाइते भएका छन् । मंगलवार राती ११ः३० बजे दमक– १ स्थित हिमाल देवानको घर कम्पाउण्डको पछाडी पट्टी जस्ताको छाना भएको एक तले भान्सा कोठामा पैसाको वाजी थापी जुवाजन्य खेल (कौडा) खेलि रहेको विशेष सूचनाको आधारमा दमक प्रहरीले १६ थान कौडा र चार लाख सत्ताईस हजार छ सय रुपैयाँ समेत बरामत गरेको छ ।


प्रहरीले भद्रपुर ७ का ५१ वर्षीय युवराज न्यौपाने, वडा नं ९ बस्ने ४९ वर्षीय दिल बहादुर राई, बिर्तामोड–१ का ४२ वर्षीय तिर्थ अधिकारी, भद्रपुर १० का ५० वर्षीय ठाकुर प्रसाद निरौला (घाईते), गौरादह ५ का ४५ वर्षीय हरि कोईराला, कमल ४ का सुबिन्द्र सुब्बा, कन्काई ३ का मोहन बराल, सुनिल साह, मोरङ ग्रामथान ४ का लक्ष्मी प्रसाद अधिकारी, नैन कुमार चौधरी, रुपेश तामाङ, पथरी शनिश्चरे ४ का बलराम बस्नेत, गंगाराम मगर, बेलबारी ११ का २१ को निशान पोखरेल, दमक ७ का ४९ को कर्ण राई, राजन दाहाल र विनोद थेबेलाई पक्राउ गरेको छ ।

जुवाखालबाट पक्राउ गरिएका १७ जनालाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भई रहेको झापा प्रहरीले जनाएको छ । भद्रपुर १० बस्ने बर्ष ५० को ठाकुर प्रसाद निरौला भाग्ने क्रममा फाल हान्दा दुबै खुट्टाको पाईतलामा चोट लागि लाईफलाईन अस्पताल दमकमा उपचार भई रहेको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]