बैशाख १७, २०८१ सोमबार

मेचीनगरमा ‘न्युटेला’ उद्योग

झापा । मेचीनगर नगरपालिका–१० मा स्थानीय श्रम र सीपको प्रयोग गरेर उत्पादन गर्ने उद्देश्यले रु तीन करोडको लगानीमा नन्दा फुड इन्डस्ट्रिज सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी अजय घिमिरे र भूमि पौडेलेको संयुक्त लगानीमा सुरु भएको उद्योगले दैनिक एक हजार केजी ‘न्युटे«ला’ उत्पादन गर्दै आएको छ । भारतको दिल्ली, राजस्थान र चाइनाबाट कच्चापदार्थ ल्याएर उत्पादन गरिएको न्युटेला २०० ग्रामदेखि पाँच केजीसम्मको प्याकेजिङ गरेर बजारमा पठाइरहेको सञ्चालक घिमिरेले बताउनुभयो ।

तरकारी र अचारको रुपमा प्रयोग गरिने ‘न्युटेला’ बच्चादेखि वृद्धवद्धासम्मले मन पराउँछन् । इन्डस्ट्रिजमा हाल स्थानीय १२ जनाले रोजगारी पाएका छन् । “स्थानीयवासीलाई रोजगारी पनि मिल्ने र उनीहरुकै श्रम सीपको प्रयोग गरेर उत्पादन गर्न सकिने हुँदा हामीले तत्काल न्युट्रेला उत्पादन सुरु गरेका छौैं”, सञ्चालक घिमिरेले भन्नुभयो, “निकट भविष्यमा नन्दा कर्नफ्लेक्स र चोकोफोनको समेत उत्पादन गर्छौं ।”

इन्डस्ट्रिजले हाल नन्दा सुजीको समेत प्याकेजिङ गर्दै आएको छ । दैनिक दुई हजार केजी न्युटेला उत्पादन गर्ने क्षमता रहेको उद्योगले हाल नमूना परीक्षणका लागि एक हजार केजी मात्र उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले यहाँ उत्पादित न्युट्रेला स्थानीय बजारमै खपत भइरहेको बताउँदै भन्नुभयो । एक महिना अघि सञ्चालनमा आएको इन्डस्ट्रिजबाट उत्पादित न्युटेला दसैँ तिहार पछाडिदेखि पहाडी जिल्ला इलाम, ताप्लेजुङ र पाँचथरमासमेत पठाउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार  १ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]