बैशाख २६, २०८२ शुक्रबार

चाडपर्व नजिकिएसँगै नागरिकलाई सचेत हुन प्रहरीको अनुरोध

काठमाडौं- चाडपर्व नजिकिएसँगै नागरिकलाई सचेत हुन प्रहरीले सतर्क गराएको छ । दशैं–तिहार र छठ पर्व लक्षित गरी सचेतना पर्चा जारी गर्दै प्रहरीले यो समय चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन आग्रह गरेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरभेटीलाई डेरावालको विस्तृत जानकारी लिन अनुरोध गरेको छ । पर्चामा आफ्नो घरमा डेरा गरी बस्ने व्यक्तिको नाम, थर, स्थायी ठेगानाका साथै फोटोसहित राख्न अनुरोध गरिएको छ ।

यसैगरी, कुनै पनि गाउँ, छिमेकमा नचिनेको नौलो व्यक्ति पटक-पटक देखिए निग्रानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिंड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई तुरुन्तै खबर गर्न भनिएको छ ।

प्रकाशित मिति : आश्विन ७, २०७८ बिहीबार  ४ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]