प्रचण्ड सचिवालयको सर्वेक्षणमा केपी ओली नै सवैभन्दा अब्बल नेता
काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट व्यक्तिहरुले गरेको सर्वेक्षणमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली असल र सक्षम नेतामा अग्रपंक्तिमा देखिनुभएको छ ।
माओवादी अध्यक्ष प्रचण्डको प्रेस सहयोगी मनहरि तिमिल्सिनाले सामाजिक सञ्जाल ट्वीटरमा गरेको सर्वेक्षणमा ओली अंग्र स्थानमा देखिनुभएको हो । नेपालका राजनीतिज्ञमध्ये तुलनात्मक रुपमा असल र सक्षम नेताको नाम लिनुपर्दा तपाई कसको नाम लिनुहुन्छ ?
भनेर तिमिल्सिनाले माधवकुमार नेपाल, बाबुराम भट्टराई, प्रचण्ड र केपी शर्मा ओलीको नाम राख्नुभएको थियो । जसमा ओली ६० प्रतिशत, बाबुराम १८ प्रतिशत, प्रचण्ड १६ प्रतिशत, माधव नेपाल ५ प्रतिशतमात्रै असल र सक्षम नेता देखिएको छ ।
