बैशाख २७, २०८२ शनिबार

बिर्तामोडको साल्ट ट्रेडिङमा छैन सुपथ मुल्यको पसल

अवैध आयातले यहाँ नुन बाहेक केहि चल्दैन : सहायक प्रमुख

बिर्तामोड । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बिर्तामोड शाखाले नुन बाहेक कुनै पनि खाद्य वस्तु उपलब्ध नभएको जनाएको छ । सरकारले चाडवाड लक्षित गरेर साल्ट ट्रेडिङमा सुपथ मुल्यको पसल सञ्चालन गर्दै आएको छ । तर, काठमाडौंसहितका शाखाहरुमा सुपथ मुल्यका पसल सञ्चालनमा ल्याए पनि बिर्तामोडमा अहिलेसम्म उपभोक्ताले त्यो सुविधा पाउन सकेका छैनन् ।

साल्ट ट्रेडिङ बिर्तामोडका सहायक प्रमुख माधव भट्टराईका अनुसार उपभोक्तालाई सहुलीयतमा नुन बाहेक केहि उपलब्ध गराउन सकिएको छैन । खुद्रामा २० देखि २५ रुपैयाँ पर्ने नुन साल्ट ट्रेडिङबाट उपभोक्ताले प्रति केजी १८ रुपैयाँमा पाउने भट्टराईले जानकारी दिए । चिनी पनि उपलब्ध गराउने योजना छ, भट्टराईले भने – तर चिनी कहिले आइपुग्छ टुङ्गो छैन । साल्ट ट्रेडिङमा चिनीको मुल्य प्रति केजी मुल्य ७९ रुपैयाँ मात्र छ । बजारमा अहिले चिनीको मुल्य न्यूनतम एक सय रुपैयाँ छ ।

सहायक प्रमुख भट्टराईले बिर्तामोड शाखामा नुन, चिनी बाहेक केहि नचल्ने जानकारी दिए । उनले भारतीय बजार नजिक भएकाले भन्सार छलेर ल्याइएका सामान अझै सस्तो हुने गरेको बताए । भारतको बजार खुल्ने वित्तिकै चिनी समेत यहाँभन्दा सस्तो हुन्छ । त्यसैले यहाँ सुपथ मुल्यको बजार अहिलेसम्म चलेको छैन । उनका अनुसार अवैध आयातलाई नियन्त्रण नगरेसम्म सरकारले सञ्चालन गर्ने सुपथ मुल्यको बजार नै चल्दैन ।

बिर्तामोड शाखामा अहिले तीन प्रकारका नुन विक्रीमा राखिएको छ । धुलो, ढिका र आयो नुन राखिएको भट्टराईले जानकारी दिए । बिर्तामोडबाट मासिक १० हजार बोरा नुन विक्री भइरहेको छ ।

साल्ट ट्रेडिङका नियमित उपभोक्ता बिर्तामोड –६ का तुलसी पोखरेल बिहीवार आयोन नुन खरिद्का लागि पुगेका थिए । नियमिय त्यहिबाट नुन लैजाने गरेको पोखरेलको भनाई छ । उनले साल्ट ट्रेडिङले बिर्तामोडमा पनि सुपथ मुल्यको पसल सञ्चालन गरेर उपभोक्तालाई राहत दिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : आश्विन ८, २०७८ शुक्रबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]