बैशाख २७, २०८२ शनिबार

बिर्तामोड बसपार्कको इमरेल्ड लजबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले होटलबाट ब्राउनसुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अर्जुनधारा–११ बसपार्कस्थित होटल ईमरेल्ड एण्ड लजको दोस्रो तलाको कोठा नं.२ बाट पाँचथर फिदिम नगरपालिका १ बस्ने बर्ष २७ को रोशन सुबेदी र २८ वर्षीय सुमन कार्कीलाई पक्राउ गरेको छ ।

दुवै जना होटलभित्र चेकजाचँ गर्ने क्रममा पक्राउ परेका हुन् । उनीहरुको साथबाट ६ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर फेला परेको अनारमनी प्रहरीले जनाएको छ । अनारमनी प्रहरीमा ल्याई थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : आश्विन ८, २०७८ शुक्रबार  ९ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]