झापाको व्यान्ड एसोसिएसनमा बुढाथोकी
बिर्तामोड । झापा जिल्लामा रहेका विभिन्न सांगीतिक ब्यान्डका सदस्यहरु संगठित भएका छन् । ब्यान्ड सदस्यहरुको एक भेलाले आशिष बुढाथोकीको अध्यक्षतामा झापा ब्यान्ड एसोसिएसन गठन गरेका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल, उपाध्यक्षमा अर्जुन दाहाल महासचिवमा भुवन आले मगर र कोषाध्यक्षमा बिपासा बज्राचार्य चयन भएका छन् ।
त्यस्तै, सहकोषाध्यक्षमा जोनी योञ्जन, सचिवमा आशा गुरुङ, एलिन लिम्बू र एकराज क्षेत्री छन् भने सदस्यहरुमा हिलिहाङ लिम्बू, दिपेन राजवंशी (थेपु), फिरोज राई, पवन तामाङ, बिमल लिम्बू, अदेश पौडेल, राउल राई र विश्वास उप्रेती चयन भएका छन् । भेलाले झापा जिल्लाभरिका नगर र गाउँमा समिति निर्माण गरी संगीत क्षेत्रलाई थप संगठित बनाउने र कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको छ ।
यस्तै, बिजय पाँचकोटीको अध्यक्षतामा बिर्तामोड ब्यान्ड एसोसिएसन गठन गरिएको छ । जिल्लाका बरिष्ठ उपाध्यक्ष विशाल अग्रवालको आतिथ्यतामा बिर्तामोडमा संगितकर्मी संगठित भएका हुन् ।
त्यसको उपाध्यक्षमा साइमन निरौला, कोषाध्यक्षमा अपेक्षा राई, सह–कोषाध्यक्ष अबिशेक राई, सचिब युगेन लिम्बु, सहसचिबमा नामगेल तामाङ चयन भएका छन् । सदस्यहरुमा प्रकाश तामाङ, सन्देश गुरुङ, रोहन क्षेत्री, आयुश गुरुङ, बाबु क्षेत्री, एवन मगर, आर्यन बराइली , योगेश लिम्बु, कृतिस प्रसाईं ,मपिन प्रसाई , रोनल शाक्य, पंकज सिग्देल, सुजित राई, आयुश थापा, रोहन मगर रहेका छन् ।