बैशाख २८, २०८२ आईतबार

सहुलियतसँगै गुणस्तर खोजौं

सम्पादकीय
सरकारले चाडवाड लागेपछि देशभर सहुलियत पसल सञ्चालन गर्ने गरेको छ । तर, झापाका नागरिकले सहुलियत पसलका नाममा कुनै पनि सुविधा पाउन सकिरहेका छैनन् । सरकारले साल्ट ट्रेडिङमा सहुलियत पसल खोल्ने गरेको छ । तर, झापाको बिर्तामोडमा सञ्चालनमा रहेको साल्ट टे«डिङमा नुन बाहेक कुनै पनि खाद्य वस्तु उपलब्ध छैन । चिनी उपलब्ध गराउने भनिए पनि अहिलेसम्म उपभोक्ताले पाउन सकेका छैनन् । झापामा सरकारले सहुलियत पसल सञ्चालन गर्न प्राथमिकता पनि दिएको छैन । अहिलेसम्म साल्ट ट्रेडिङ स्थापना भएदेखि पसल राखिएको छैन ।

बजारमा २५ रुपैयाँ पर्ने आयो नुन त्यहाँबाट १८ रुपैयाँमा खरिद गर्न पाइन्छ । त्यो बाहेक झापाली उपभोक्ताले केहि सुविधा पाएका छैनन् । र, पाउने पनि संभावना देखिएन । झापा भारतीय बजारको नजिक भएकाले गर्दा यहाँ सहुलियत पसल सञ्चालन गर्दा पनि उपभोक्ता नआउने कर्मचारीहरुको तर्क छ । अहिलेसम्म अभ्यास नै नगरी उपभोक्ता आउछन् ,आउदैनन् भन्न कसरी सकिन्छ । स्वभाविक रुपमा यहाँका व्यापारीले भन्सार छलेर ल्याउने सामग्री सस्तो नै हुन्छ । उपभोक्ता सस्तोमा पछाडि दौडिन हुदैन । गुणस्तरीयतालाई ख्याल गरेर मात्रै सामग्री खरिद गर्नुपर्छ ।

वडादशैं नजिक आउदैछ । त्यसका लागि हरेक परिवारमा किनमेलको काम लगभग शुरु नै भइसकेको छ । आम उपभोक्तालाई हरेक सामग्री खरिद्मा सहुलियत चाहिन्छ । सहुलियतको सट्टामा व्यापारीले सकेसम्म मोल कसिरहेका हुन्छन् । त्यसतर्फ उपभोक्ता आफै पनि सचेत हुन जरुरी छ । खाद्य संस्थाले सहुलियतमा गुणस्तरीय चामल उपलब्ध गराइरहेको छ । बिर्तामोडबाट २ सय क्वीन्टल चामल सहुलियत मुल्यमा दिने संस्थाले सार्वजनिक नै गरेको छ । यसरी व्यापारीले सहुलियत दिदैनन् । अब, चाडवाडका लागि आवश्यक सामग्री खरिद्मा गुणस्तर र सहुलियत खोज्न आवश्यक छ ।

प्रकाशित मिति : आश्विन ९, २०७८ शनिबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]