बैशाख ८, २०८१ शनिबार

हरियाली प्रवद्र्धन गर्न वडा कार्यालय परिसरमा बृक्षरोपण

गौरादह । जलवायुका लागि नेपाली युवाहरुको सन्जाल (NYCA) झापाको आयोजनामा गौरादह नगरपालिका २ को वडा कार्यलय परिसरमा बृक्षरोपण गरिएको छ ।

बढ्दो वायु प्रदुषण न्यूनीकरण एवं सार्वजनिक स्थलमा बृक्षरोपण मार्फत हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले बृक्षरोपण गरिएको हो । बृक्षरोपणको औपचारिक सुरुवात मेलमिलाप समिति सदस्य नारायण प्रसाद घिमिरे र वडा सदस्य उत्तम बस्नेतद्वारा कार्यालय परिसरमा धुपीको विरुवा रोप्दै गरिएको थियो । कार्यक्रममा उनीहरुले युवाहरुको यस कार्यको प्रशंसा गर्दै भविस्यमा उक्त विरुवाको संरक्षण र प्रवद्र्धन गर्ने दायित्वलाई वडाले पुर्णरुपले बहन गर्ने स्पष्ट पारेका छन् । त्यस्तै जलवायु वातावरण हाम्रो जीवनसंग प्रत्यक्ष सरोकारको विषय भएकाले यसको संरक्षणमा सबैको चासो हुनुपर्ने उप–प्राध्यापक प्रकाश ज्ञवालीले बताएका छन् ।

उक्त कार्यक्रममा गौरादह नगरपालिका वडा नम्बर २ मेलमिलाप समिति सदस्य नारायण प्रसाद घिमिरे ,वडा नम्बर २ का वडा सदस्य एवं कार्यवाहक वडा अध्यक्ष उत्तम बस्नेत, गौरादह कृषि क्याम्पसका बागवानी विषयका उप–प्राध्यापक प्रकाश ज्ञवाली लगायत स्थानीय युवा ,विद्यार्थीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : आश्विन ९, २०७८ शनिबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]