बैशाख २७, २०८२ शनिबार

कन्हैया कुमारले रोजे कांग्रेस

भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का चर्चित युवा नेता कन्हैया कुमार र दलित नेता जिग्नेश मेवाणी कांग्रेस प्रवेश गर्ने भएका छन्। उनीहरु यही सेप्टेम्बर २८ मा भारतीय राष्ट्रिय कांग्रेस प्रवेश गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनीहरु जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)का पूर्व विद्यार्थी हुन्। जिग्नेश गुजरात विधानसभाका स्वतन्त्र विधायक हुन्। उनले गुजरातको वडगाम निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए। पार्टी प्रवेश गरेसँगै उनी गुजरात कांग्रेसको कार्यकारी अध्यक्ष बन्न सक्ने बताइएको छ।

कन्हैया भने २०१९ को लोकसभा निर्वाचनमा बिहारको बेगूसरायबाट चुनाव लडे पनि भाजपाका गिरिराज सिंहसँग पराजित भएका थिए। कन्हैया कुमारले कांग्रेस प्रवेश गर्नुअघि पटक–पटक राहुल गान्धी र प्रियंका गान्धीसँग छलफल गरिसकेको बताइएको छ।

प्रकाशित मिति : आश्विन १०, २०७८ आईतबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]