बैशाख १७, २०८१ सोमबार

मेची अस्पतालले थाल्यो अक्सिजन उत्पादन

बिर्तामोड । मेची प्रादेशिक अस्पताल भद्रपुरले अक्सिजन उत्पादन शुरु गरेको छ । शनिवारदेखि अक्सिजन उत्पादन शुरु गरेको अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए ।

मेची अस्पताललाई अक्सिजन उत्पादनका लागि प्रदेश १ सरकारले गत आर्थिक वर्षमा १ करोड उपलब्ध गराएको थियो । अक्सिजन उत्पादन गर्ने प्रविधि, भवन निर्माण र जडानमा सो रकम खर्च गरिएको छ । दैनिक ३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लाण्टले अहिलको सामान्य अवस्थालाई धान्न सक्ने अध्यक्ष पोर्तेलको भनाई छ । उनका अनुसार आगामी दिनमा दैनिक ११५ सिलिण्डर उत्पादन गर्न प्लाण्ट जडान गरिनेछ ।

मेची अस्पताललाई आवश्यक पर्ने अक्सिजन आफै उत्पादन गर्ने योजना रहेको अध्यक्ष पोर्तेलको भनाई छ । उनले प्लाण्ट थप गर्दै अक्सिजनको समस्या समाधान गर्ने जानकारी दिए । अस्पतालले विभिन्न कम्पनीबाट अक्सिजन खरिद गर्दै प्रयोग गर्ने गरेको थियो ।

प्रकाशित मिति : आश्विन १०, २०७८ आईतबार  ४ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]