बैशाख १७, २०८१ सोमबार

भद्रपुर कांग्रेसको सभापतिमा कँडेल निर्वाचित

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिको सभापतिमा रामबहादुर कँडेल निर्वाचित भएका छन् । उनले ६१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिष्पर्धीहरु मदनबहादुर बस्नेतले ५३, बन्धु कार्कीले ५१, भरत प्रसाईँले ५० र ज्ञानबहादुर चौहानले १२ मत प्राप्त गरेका छन् ।

दुई सचिव पदमा अनिता रिजाल र उत्तम कोइराला निर्वाचित भएका छन् । रिजालले १३४ र कोइरालाले १२१ मत ल्याएका छन् । उनीहरूका प्रतिष्पर्धीहरु दुर्योधन कार्कीले ६०, टेकबहादुर पाण्डेले ७२ र सन्तकुमार राजवंशी (सन्तोष) ले ३४ मत प्राप्त गरे । त्यस्तै सहसचिव दुई पदमा नन्दलाल राजवंशी र मणिकुमार राई निर्वाचित भएका छन् ।

राजवंशीले १४४ र राईले ११० मत ल्याएका छन् । उनीहरूका प्रतिष्पर्धीहरु दीपेशकुमार साहाले ८१ र सन्तोष थापाले ७४ मत प्राप्त गरेका छन् । भद्रपुर ८ स्थित एनसीडिसी भवनमा सभापति, सचिव र सहसचिव पदका लागि आइतबार भएको निर्वाचनमा २३९ मध्ये २२९ जनाले मतदान गरेका थिए । त्यसमध्ये एउटा मत बदर भएको मतदान अधिकृत मञ्जु दाहालले जानकारी दिइन् । यता उपसभापति पदमा शनिवार नै दुई जना निर्विरोध निर्वाचित भइसकेका छन् । उपसभापति निर्वाचित हुनेमा रमेशचन्द्र झा र भरतचन्द्र गुरुङ रहेका छन् ।

बाह्रदशी सभापतिमा बस्नेत निर्वाचित

नेपाली कांग्रेस बाह्रदशी गाउँपालिकाको सभापतिमा इन्द्र बस्नेत निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी टंकप्रसाद साह लाई ४३ मत अन्तरले जितेका छन् । १६३ मतमध्ये १६१ मत खसेको थियो । बस्नेतले १०१ र टंकप्रसाद साहले ५८ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : आश्विन १०, २०७८ आईतबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]