बैशाख २७, २०८२ शनिबार

नेपालमा कोरोना संक्रमण दर घट्यो

बिर्तामोड । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर ६ प्रतिशतमा झरेको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ०७ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१३ हजार सात सय ३६ जनाको नमुना परीक्षण गर्दा आठ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको संख्या आठ लाख ८१ हजार नौ सय ३९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या सात लाख ६१ हजार एक सय ५४ पुगेको छ ।

यही अवधिमा थप नौ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९६ जनाले ज्यान गुमाएका छन् । अहिले नेपालमा १९ हजार एक सय ४२ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ६८ जनाको आईसीयू र एक सय २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ६० लाख ३६ हजार चार सय एक र एक मात्रा लगाउनेको संख्या ६६ लाख नौ हजार दुई सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ११, २०७८ सोमबार  ७ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]