बैशाख २७, २०८२ शनिबार

पूर्व सांसद एवम् कांग्रेस नेता अमृतलाल राजवंशी एमाले प्रवेश

बिर्तामोड । पूर्व सांसद एवम् नेपाली कांग्रेसका पुराना नेता अमृतलाल राजवंशी एमाले प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई एमालेमा स्वागत गरेका हुन् । राजवंशी ४ दशकदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा क्रियाशिल थिए ।

०६४ र ०७० को निर्वाचनमा समानुपातिक सांसद् बनेका राजवंशीले संमृद्ध मुलुक निर्माण गर्न एमाले बाहेक कुनै पनि दल लाग्न नसकेको भन्दै एमाले प्रवेश गरेका हुन् । उनले नेपाली कांग्रेस असल राजनीतिको बाटो छोडेर गलत ट्रयाकमा हिडिरहेको राजवंशीको आरोप लगाएका छन् ।
झापा बिर्तामोड –४ निवासी राजवंशी एमाले अध्यक्ष ओलीकै निवास काठमाडौं पुगेर पार्टी प्रवेश गरेको घोषणा गरेका छन् । राजवंशी नेपाली कांग्रेसको १४ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार बनेका थिए । उनी वडामै पराजित भएका थिए ।

प्रकाशित मिति : आश्विन ११, २०७८ सोमबार  ७ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]