जेष्ठ ५, २०८१ शनिबार

चाडवाडमा चोरीको जोखिम

सम्पादकीय
इलाका प्रहरी कार्यालय अनारमनीले भर्खरै चोरी गरि फरार रहेका दुई जनालाई बिर्तामोड ल्याएको छ । उनीहरुलाई धनकुटा प्रहरीको सहयोगमा पक्राउ गरि बिर्तामोड ल्याइएको हो । बिर्तामोड–५ मा कमल पौडेलको घरमा डेरा बस्ने विकास श्रेष्ठको कोठमाबाट १० लाख ५० हजार नगद चोरी गरेका थिए । सोह आरोपमा उजुरी परेपछि प्रहरीले उनीहरुलाई खोजेर कारवाही प्रक्रिया अघि बढाएको छ । चाडवाडको मुखमा हरेक वर्ष दुले चोरको विगविगी हुने गर्छ । यो घटनामा संलग्न व्यक्तिहरुलाई दुले चोर भन्न मिल्दैन । यो ठुलो पाटी हो । यस प्रकारका समूहबाट आम नागरिकलाई जोखिम छ ।

हरेक वर्ष चाडपर्व सुरु भएपछि चोरी, डकैती शुरु हुन्छ । यसको मतलव अरु बेला चोरी हुदैन भन्ने होइन । चोरी १२ महिना नै भइरहेको सुनन पाइन्छ । प्रहरीमा गएको उजुरीले चाडवाडमा मात्र चोरी हुने बोल्दैन । हरेक महिनामा चोरी भइरहेका छन् । अझ बजार क्षेत्रमा सुरक्षित हुन निकै समस्या छ । केही महिनाअघि प्रहरीले टिभी , ग्यास सिलिण्डर चोरीको आरोपमा धेरै युवा उमेर समूह व्यक्तिलाई कारवाही गरेको थियो । केहि युवा अहिले झापा कारागारमा छन् । प्रहरीले चोरीका सामान खरिद गर्ने समेतलाई कारवाही गरेको थियो ।

बिर्तामोडको पुरानो भद्रपुर रोडमा रहेको दुई तले घरबाट १५ तोला सुन चोरी भएको छ । चोरी भएको बेशाख महिनातिर हो । अहिलेसम्म प्रहरीले त्यसको बारेमा केहि पत्ता लगाउन सकेको छैन । चोरी भएपछि भेट्टाउन निकै मुस्किल छ । क्षति भएपछि जोड्न मुस्किल छ । यसैले चारी हुनबाट कसरी रोक्ने भन्ने तर्फ सबैले ख्याल गर्न जरुरी छ । दिउँसो घरमा छिरेर ग्यासका सिलिण्डर चोरी गर्नेहरु प्रहरीले समातेको छ । राती मात्र होइन आफ्नो घर, सरसामानको हरपल सुरक्षा गर्न आवश्यक छ । हरेक घरमा प्रहरीले सुरक्षा दिन सक्दैनन् । यसैले यो चाडवाड झै धेरै चोरी हुने समय भएकाले विशेष ख्याल गरौं ।

प्रकाशित मिति : आश्विन ११, २०७८ सोमबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]