बैशाख २७, २०८२ शनिबार

बिर्तामोड नगर विकास योजना पुस्तक सार्वजनिक

बिर्तामोड । बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७८/०७९ को नगर विकास योजनाको पुस्तक सार्वजनिकिरण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमका विच समिक्षा तथा पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरेका छन् । गत असार १० गते आयोजित सातौँ नगरसभामा पेस भएका नीति तथा कार्यक्रमलाई पुस्तक मार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा बिर्तामोड नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा निशुल्करुपमा पठन पाठन गराउँदै आएको आचरण सचेतना शिक्षा कक्षा ३ देखि ८ सम्मको पाठ्यक्रम तथा कक्षा ७ र ८को पाठ्य पुस्तक समेत विमोचन गरिएको छ ।

सोहि कार्यक्रमका विच नगरपालिकाको विभिन्न वडामा जग्गा दिएर सहयोग गर्ने जग्गादाता,अवकास प्राप्त कर्मचारी, उत्कृष्ट कर्मचारी, समाजसेवी तथा खेलाडीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा आधारभुत स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा उपलव्ध गराउने जग्गादाता बिर्तामोड वडा नम्बर १ का दानबहादुर राउत,वडा नम्बर ४ का भिमकला राउत,वडा नम्बर ९ का तोम प्रसाद पाठक, वडा नम्बर १० का श्रीप्रसाद शिवाकोटी रहेका छन् ।

यस्तै बिर्तामोड नगरपालिकाबाट अवकाश प्राप्त कर्मचारी लेखा अधिकृत यादव प्रसाद अधिकारी,अधिकृत छैटौँ तुलसी प्रसाद भण्डारी,सहायक पाँचौ धनकुमारी भण्डारी र प्रधुम्न न्यौपानेलाई सम्मान तथा विदाई गरिएको छ । यस्तै समाजसेवी बिर्तामोड नगरपालिका ४ का भक्ति प्रसाद तिवारी विदुर र वडी विल्डर राम दाहाललाई सम्मान गरिएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८को उत्कृष्ट कर्मचारीकोरुपमा कोभिड–१९को संक्रमण उच्च रहेको बेलामा समेत अहोरात्र खट्ने एम्बुलेन्स चालक महेन्द्रकुमार घिमिरे र सव वहान चालक खगेन्द्र प्रसाद मैनालीलाई सम्मान गरिएको छ । सम्मानित हुने सबै जनालाई प्रमुख अतिथि तथा प्रदेश १ सांसद एकराज कार्की,नगरप्रुमख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले दोसल्ला ओढाएर सम्मान पत्र तथा मायाको चिनोको रुपमा अंखोरा प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश १ सांसद एककाराज कार्कीले सार्वजनिक भएका योजनाहरुको कार्यान्वयनमा ध्यान दिन सबै जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले बिर्तामोडका उमानाथ ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष रञ्जु प्याकुरेल, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज युवराज दाहालले शुभकामना मन्तव्य राखेका थिए ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रमको आचित्यमाथि प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले प्रकाश पारेका थिए । कार्यक्रमलाई योजना अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : आश्विन ११, २०७८ सोमबार  ६ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]