बैशाख २७, २०८२ शनिबार

नेकपा एसबाट को–को बन्दैछ मन्त्री ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । आजै राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन)–२०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेपछि सम्भवतः भोलि नै गठबन्धन दलले मन्त्रिमण्डल विस्तार गर्ने छन् ।

नेकपा (एस)का केन्द्रीय सदस्य मेटमणि चौधरीले पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको बताएका छन् ।

नेकपा (एस)ले रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, किसान श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरीलाई सरकारमा सहभागी गराउँदै छ । नेकपा एसले ६ मन्त्रालय पाउने भएको छ । उनले आजै अध्यादेश खारेज भइसकेकोले भाेलीसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताए । 

प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको साढे दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

प्रकाशित मिति : आश्विन १२, २०७८ मंगलबार  ६ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]