बैशाख २७, २०८२ शनिबार

दशैंका लागि रुट इजाजत खुला

काठमाडौं । सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ ।
चाडपर्वलाई लक्षित गरी दशैंको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

सङ्घीय संसद्अन्तर्गतको विकास तथा प्रविधिको सिंहदरबारस्थित समितिको कार्यकक्षमा आइतबार बसेको बैठकमा महानिर्देशक घिमिरेले सो जानकारी गराएका हुन्। उनले भने, ‘नेपालीहरूको महान् चाडपर्वको अवसरमा काठमाडौं बाहिर जाने र आउने यात्रुको आवागमनलाई सहज र व्यवस्थित बनाउन रुट इजाजत खुला गरिएको हो ।’ यस अवधिमा मुलुकको जुनसुकै ‘रुट’ मा पनि सार्वजनिक सवारीसाधन चलाउन पाइने उनले स्पष्ट पारे ।

बैठकमा महानिर्देशक घिमिरेले यस अवधिमा मुलुकको जुनसुकै स्थानसम्म बिनारुट परमिट बस सञ्चालन गर्न पाइने बताए । त्यसैगरी, उनले बसको छतमा यात्रु तथा पशुपंक्षी राख्न नपाइने, सवारीसाधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रूपमा टाँस गर्नुपर्ने व्यवस्था गरेको गरिएको जानकारी गराए । चाडपर्वको अवधिमा भाडादर अनुगमनका लागि सादा पोसाकका प्रहरी यात्रुका रूपमा परिचालन गरिने जानकारी दिए । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : आश्विन १२, २०७८ मंगलबार  ६ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]