बिर्तामोड नगरपालिकाद्वारा जग्गादाता र कर्मचारीलाई सम्मान
बिर्तामोड । बिर्तामोड नगरपालिकाले विभिन्न वडामा जग्गा दिएर सहयोग गर्ने जग्गादाता,अवकास प्राप्त कर्मचारी, उत्कृष्ट कर्मचारी, समाजसेवी तथा खेलाडीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा आधारभुत स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा उपलव्ध गराउने जग्गादाता बिर्तामोड वडा नम्बर १ का दानबहादुर राउत,वडा नम्बर ४ का भिमकला राउत,वडा नम्बर ९ का तोम प्रसाद पाठक, वडा नम्बर १० का श्रीप्रसाद शिवाकोटी रहेका छन् ।

यस्तै बिर्तामोड नगरपालिकाबाट अवकाश प्राप्त कर्मचारी लेखा अधिकृत यादव प्रसाद अधिकारी,अधिकृत छैटौँ तुलसी प्रसाद भण्डारी,सहायक पाँचौ धनकुमारी भण्डारी र प्रधुम्न न्यौपानेलाई सम्मान तथा विदाई गरिएको छ । यस्तै समाजसेवी बिर्तामोड नगरपालिका ४ का भक्ति प्रसाद तिवारी विदुर र वडी विल्डर राम दाहाललाई सम्मान गरिएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८को उत्कृष्ट कर्मचारीकोरुपमा कोभिड–१९को संक्रमण उच्च रहेको बेलामा समेत अहोरात्र खट्ने एम्बुलेन्स चालक महेन्द्रकुमार घिमिरे र सव वहान चालक खगेन्द्र प्रसाद मैनालीलाई सम्मान गरिएको छ । सम्मानित हुने सबै जनालाई प्रमुख अतिथि तथा प्रदेश १ सांसद एकराज कार्की,नगरप्रुमख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले दोसल्ला ओढाएर सम्मान पत्र तथा मायाको चिनोको रुपमा अंखोरा प्रदान गरेका थिए ।
