बैशाख ७, २०८१ शुक्रबार

दिलमाया स्मृति कप : कनकाई ६ को बिजयी सुरुवात

सुरुङ्गा । दिलमाया स्मृति कप २०७८ को कनकाई नगरपालिकाको छनौट खेलमा वार्ड नम्बर ६ ले बिजयी सुरुवात गरेको छ । कनकाई ३ लाई ट्राईब्रेकरमा हराउदै ६ ले जित निकालेको हो ।

मंगलवार भएको उद्घाटन खेल बराबरीमा रोकिएपछि खेल मैदान अध्यारो भएकोले खेल रेफ्रीले बुधवारका लागि सारेका थिए । खेलमा दुबै टिमको बराबरी एक एक गोल भएपछि खेल ट्राईब्रेकरमा गएको हो । ट्राई ब्रेकरमा कनकाई ६ को टिम २–४ गोल अन्तरले बिजयी भएको हो ।
खेलमा कनकाई ३ का मनिस राई र ६ का तर्फबाट बुद्धिविर तामाङ्गले गोल गरेका थिए । यसैगरि दोस्रो खेल वार्ड नम्बर ७ र ५ बिच भएको थियो । सो खेल समेत समय अवधिसम्म गोल रहित बराबरीमा रोकिएको छ । रोकिएको खेल आज पुनः संचालन गरिने निर्णय गरिएको आयोजक दिलमाया स्मृति कप कनकाईका सहसंयोजक गोविन्द सुवेदीले जानकारी दिए ।

कनकाई नगरपालिकाका ७ वडाको खेल कनकाई माविको खेल मैदानमा भइरहेको छ । झापा क्षेत्र नम्बर ४ का माननीय सांसद एलपी साँबा लिम्बुकी ममतामयी माताको स्मृतिमा झापा क्षेत्र नम्बर ४ भरका २८ टिमको सहभागितामा नेपाल खेलकुद महासंको आयोजनामा मंगलवारबाट दिलमाया स्मृति कप फुटवल प्रतियोगिता सुरु गरिएको हो ।

महाभारा विजयी
यस्तै, झापाको बैगुनधुरामा बुधबार भएको छनोट खेलमा गौरीगञ्ज १ महाभारा विजयी भएको छ । वडा नं. १ महाभारा र वडा नं.२ कोरोवारी बिच खेल भएको थियो । महाभाराले वडा नं. २ लाई ३–२ अन्तरले हराएको छ । आजको खेल गौरादह ९ बैगुनधुरा र गौरीगञ्ज २ कोरोवारी बिच खेल हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : आश्विन १४, २०७८ बिहीबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]