जेष्ठ ३, २०८१ बिहीबार

ग्लोबल आईएमई बैङ्क चारआलीमा चोरी गरेको आरोपमा दुई पक्राउ

झापा । ग्लोबल आईएमई बैङ्कमा चोरी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १३ निवासी २३ वर्षीय सञ्जय विश्वकर्मा र सोही ठाउँका २४ वर्षीय प्रवेश सुन्दास रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार गत असोज ९ गते मध्यरातमा मेचीनगर नगरपालिका – १३ स्थित चारआली चोकमा रहेको ग्लोबल आईएमई बैङ्कको अगाडी ताला नलगाएको सटरभित्र आल्मुनियम वाललाई भत्काएर बैङ्कभित्र रहेको एउटा ल्यापटप, एउटा टिभी, एउटा कम्प्युटर मनिटर र एक थान सिसी क्यामेरा चोरी भएको थियो ।

बैङ्कमा चोरी भएपछि इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएका प्रहरी टोलीले घटनाको विषयमा सूक्ष्म रुपमा अनुसन्धान गरेका थिए । प्रहरीले अनुसन्धान गर्ने क्रममा चारआली क्षेत्रमा जडान गरिएको सिसी क्यामेराको फुटेजको आधारमा घटनाको विषयमा थाहा पाएका थिए ।

सिसी क्यामेराको फुटेजको आधारमा चोरीमा संलग्न व्यक्तिको हुलिया पहिचान गरी खोजतलास गर्दा उनीहरू पक्राउ परेको डिएसपी थापाले बताए । यता चोरीका सामानसहित पक्राउ परेका उनीहरूले घटनाको विषयमा स्वीकार गरिसकेको उनको भनाइ छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आश्विन १४, २०७८ बिहीबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]