इलाम बजार नजिकै बाटो भत्कियो : मेची राजमार्ग अवरुद्ध
बिर्तामोड । आज विहानबाट मेची राजमार्ग अन्तर्गत इलामको जिरोदेखी धोवीधारासम्मको सडक खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाले बाटो भत्किएपछि आवातजावत ठप्प भएको हो ।

विहानैबाट सडक भत्किएको थियो, अहिले सवारी आवागमन मै समस्या भइरहेको छ– स्थानीय प्रवेश पराजुलीले भने । उनका अनुसार इलाम नगरपालिका –८ स्थित नारायण खोल्सीमा पहिरो गएको छ । पहिरोका कारण आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।
सडकमा आवातजावत बन्द भएपछि वैकल्पिक मार्ग प्रयोग गरिएको छ । सो क्षेत्रमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, इलामका जनप्रतिनिधि र सडक डिभिजनका प्रतिनिधिले स्थलगत अवलोकन गरेका छन् । अवलोकनमा पुगेको टोलीले सडक खुलाउन चाँडै निकास निकाल्ने बताएका छन् ।