बैशाख १६, २०८१ आईतबार

बिर्तामोडमा तेस्रो वडास्तरीय फुटवल हुँदै

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा तेस्रो वडा स्तरीय फुटवल प्रतियोगिता –२०७८ हुने भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा असोज १८ गतेदेखि २५ गतेसम्म वडास्तरीय फुटवल हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

वडास्तरीय फुटवलमा नगरका १० वटौ वडा सहभागी हुने खेलकुद विकास समितिका अध्यक्ष टिका संग्रौलाले जानकारी दिए । उनका अनुसार पहिलो दिन नगरपालिकाका कर्मचारी र समितिबिच मैत्रीपूर्ण खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद ७५ हजार र उपविजेताले नगद ५० हजारसहित ट्रफी मेडल पुरस्कार पाउने छन् । ६ लाख खर्च अनुमान गरिएको प्रतियोगिता बिर्तामोड १० को महेन्द्र ज्योती माविको खेल मैदानमा हुने सचिव केशव भण्डारीले जानकारी दिए । उनका अनुसार पहिलो खेल डोमालाल, दोस्रो शहीद नेत्र पार्कमा गरिएको थियो ।

बिर्तामोड नगर खेलकुद विकास समितिले क्रिकेट, भलिवल, मिनि म्याराथुन,, तिरधनुष, कँराते आयोजना गर्दै आएको छ । तीन वटा आर्थिक वर्षमा समितिले १ करोड २० लाख बजेट प्राप्त गरिसकेको छ । समितिका अध्यक्ष संग्रौलाले बिर्तामोडको खेल क्षेत्रको विकासमा समिति दृढ ढंगले लागिपरेको बताएका छन् ।

प्रकाशित मिति : आश्विन १७, २०७८ आईतबार  १ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]