चैत्र १६, २०८० शुक्रबार

विश्व शिक्षक दिवस : शिक्षणमा सूचना प्रविधिको प्रयोगमा जोड

काठमाडौं । विश्व शिक्षक दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिको उपयोगसहित शिक्षण क्रियाकलापमा शिक्षकको भूमिकाबारे छलफल गर्दै नेपालमा पनि दिवस मनाइएको छ ।

महिला शिक्षक समाज केन्द्रीय समितिको आयोजना तथा युनेस्को काठमाडौँको प्राविधिक सहयोगमा भर्चुअलरूपमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सरकारले शिक्षकको सूचना तथा सञ्चार प्रविधि सीप र शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिका विषयमा गुरुयोजना बनाएर काम गर्ने बताउनुभयो । उहाँले विषम स्थितिमा पनि शिक्षकहरूले सिकाइ निरन्तरतामा दिएको योगदानको प्रशंसा गर्दै आफ्नो पेशाप्रति जिम्मेवार हुन आग्रह गर्नुभयो ।

मन्त्रालयका सहसचिव डा हरि लम्सालले शिक्षकलाई सरकारी स्तरबाट तालिम तथा परामर्शको कमी भए पनि आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा पूरा गर्ने गरेको र गुरुयोजना लागु भएपछि शिक्षकलाई थप सहजीकरण हुने बताउनुभयो । युनेस्को काठमाडौंका शिक्षा प्रमुख डा.बलराम तिमल्सिनाले कोरोना कहरमा विद्यालय शिक्षामा सूचना र सञ्चारको प्रयोग विषयमा शिक्षकहरू जिम्मेवार र सक्रिय भएमा विद्यार्थीले लाभ लिन सक्ने जनाउनुभयो ।

युनेस्को प्रस्तावमा सन् १९६६ देखि हरेक अक्टोबार ५ लाई विश्व शिक्षकका रुपमा मनाइँदै आएको छ । यस वर्षको दिवसको नारा ‘शिक्षकहरू शैक्षिक सुधारको मुटु हुन्’ रहेको छ । समाजका अध्यक्ष डा जानुका नेपालले आधुनिक परिवेशमा शिक्षकको भूमिका परिवर्तन भएकाले शिक्षकले आफ्नो काममा आफू जागरुक तुल्याई विद्यार्थीको सिकाइमा सहजकर्ताका रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार  ९ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]