बैशाख १६, २०८१ आईतबार

कनकाई वडा नं. ५ विजयी

सुरुङा । झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको तेस्रो दिनको खेलमा वडा नं.५ विजयी बनेको छ ।

कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा वडा नं.६ लाई १–० गोलको अन्तरले पछि पार्दै वडा नं.५ विजयी बनेको हो । खेलको ४२ औं मिनट अर्थात दोस्रो हापको ७ औं मिनटमा विजयी टिमका जर्सी नं.१५ का खेलाडी बिकल लिम्बूले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिएका थिए ।

प्रतिस्पर्धात्मक रुपमा अघि बढेको खेलमा दुवै तर्फका धेरै प्रयासहरु विफल बनेपछि अन्तत १–० को अन्तरले वडा नं.५ लाई सफलता मिलेको आयोजक समितिका खेल संयोजक गोविन्द उप्रेतीले बताए । खेलको म्यान अफ द म्याच विजयी टिमका गोल कर्ता बिकल लिम्बू घोषित भए । लिम्बूलाई खेल संयोजक उप्रेतीले म्यानअफद म्याचको पुरस्कार स्वरुप खेलाडीको बुट हस्तान्तरण गरे ।

प्रतियोगिताको चौथो दिन बुधबार कनकाईको वडा नं. ३ र वडा नं.८ विचमा प्रतिस्पर्धा हुने खेल आयोजक समितिले जनाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार नगद साथै प्रमाण पत्र र ट्रफी रहेको बताइएको छ । यसका साथै सेमी फाइनलमा पुगेर पराजित हुने दुई वटा टिमलाई समेत सान्तवना स्वरुप ५-५ हजार नगद प्रदान गरिने आयोजक समितिका अध्यक्ष रविन्द्र लम्सालले बताएका छन् । असोज २५ गते समापन हुने प्रतियोगितामा कनकाई नगर क्षेत्रका ९ वटा वडाको सहभागिता रहने बताइएको छ ।

प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]