जेष्ठ ५, २०८१ शनिबार

किसानलाई बजारीकरणमा सहयोगको खाँचो

सम्पादकीय
सहारा नेपालले बडादशैं नजिकिदैं गर्दा किसानको खसी खरिद गरेर व्यापारी र सर्वसाधारणलाई विक्री गरिरहेको छ । जसले किसानलाई विक्री गर्न व्यापारीलाई खोज्दै हिड्नुपर्ने बाध्यता हटेको छ । किसान र व्यापारीलाई नै सहज हुनुको मुख्य कारण बजारीकरणमा सहाराको भूमिकाले हो । यदि खसी विक्री गर्न व्यापारी खोज्दै हिड्ने हो भने किसानले उचित मुल्य पाउने छैनन् । र, व्यापारीले पनि असाध्यै दुःख व्यहोर्नु पर्ने छ । सहाराले किसानलाई बजारीकरणमा किसान सहयोग गरेको कारण यस प्रकारका सबै समस्या समाधान भएको होइन । कम्तिमा आफ्ना सदस्यहरुलाई राहत मिलेको छ ।

किसानलाई बजारीकरणमा गरेको सहयोगले एउटा नमूना अभ्यास भएको छ । यसै प्रकारले हरेक सहकारीले आफ्ना सदस्यहरुले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग गर्ने हो भने कृषि तथा पशु क्षेत्रमा परिवर्तन आउने छ । अहिले किसानले उत्पादन गरेका वस्तुले उचित मुल्य पाउन सकिरहेको छैन । त्यसको मुख्य समस्या नै बजारीकरण हो । बजारीकरण समस्याका कारण किसानले सस्तो मुल्यमा बस्तुको विक्रि गर्नुपरेको छ । खसी मात्र होइन, किसानले तरकारीमा समेत ठुला समस्या व्यहोर्नुपरेको छ । किसानले बारीमा गरेको लगानी समेत उठ्ने अवस्था छैन । व्यापारीले किसानमाथि बाध्यताको फाइदा उठाइरहेका छन् ।

किसानले व्यापारीलाई विक्री गरेको कृषि वस्तु बजार पुगिसक्दा झण्डै डेढ सय प्रतिशत मुल्य वृद्धि हुन्छ । व्यापारी र विचौलियाको मारमा किसान परेका छन् । सस्तो मुल्यमा खरिद गरेको कृषि वस्तु उपभोक्ताले पनि महंगैमा खरिद गर्नु परेको छ । किसानले उत्पादन गरेको वस्तुमा व्यापारीले मुनाफा कमाउन सक्छन्, तर किसान र उपभोक्ता दुवैले त्यसमा लाभ लिन सक्दैनन् । दुवै पक्ष मारमा परिरहेका हुन्छन् । यस्ता समस्याहरुको समाधानका लागि स्थानीय तहले बजारीकरणमा सहयोग गनुैपर्छ । किसानलाई आर्थिक सहयोग गरेर मात्र पुग्दैन । किसानलाई बजारीकरणमा सहयोगको खाँचो छ । सहाराले जस्तै अन्य सहकारीले पनि आफ्ना मात्रै किसानलाई बजारीकरणमा सहयोग गर्ने हो भने कृषि क्षेत्रमा उपलब्धी हासिल गर्न सकिन्छ ।

प्रकाशित मिति : आश्विन २०, २०७८ बुधबार  ७ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]