चट्याङ लागेर राजवंशीको मृत्यु
भद्रपुर । झापाको भद्रपुर नगरपालिका–६ मा आज राती चट्याङ लागेर भीम राजवंशको मृत्यु भएको छ । वर्षा भईरहेको अवस्थामा अचानक चट्याङ पर्दा सोही स्थान बस्ने ३२ बर्षीय राजवंशी घाइते भएका थिए ।
चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर ल्याउने क्रममा बाटोमै मत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जाकारी दिएको छ ।
मृतकको शव परिक्षणको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएको छ ।
