बैशाख १६, २०८१ आईतबार

बिर्तामोडमा अन्तर्राष्ट्रिय भूतपूर्व फौजी च्यालेन्ज कप हुने

बिर्तामोड । बडादसैँको अवसरमा झापाको बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय भूतपूर्व फौजी च्यालेन्ज कप २०७८’ हुने भएको छ ।

भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा यही असोज २३ गतेदेखि पूर्वसैनिक तथा प्रहरीहरु सम्मिलित फुटबल प्रतियोगिता हुने भएको अध्यक्ष डिके गुरुङले जानकारी दिए ।

नेपाल तथा भारतका छ टिम सहभागी हुने प्रतियोगिताको फाइनल खेल असोज २७ गते हुनेछ । प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउने छन् भने उपविजेता टिमले ७१ हजार १११ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने गुरुङले बताए ।
खेलका उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पाउने छन् । उच्च गोलकर्ताको पुरस्कार ६० वर्षभन्दा माथिका खेलाडीले मात्र पाउने संघले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न पाँच लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति : आश्विन २२, २०७८ शुक्रबार  १२ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]