बैशाख ११, २०८१ मंगलबार

प्रसाईद्वारा मदरसा तालिमुल कुरानलाई सहयोगको घोषणा

बिर्तामोड । बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले बिर्तामोड–३ मा रहेको मदरसा तालिमुल कुरानलाई सहयोग गर्ने घोषणा गरेका छन् । शनिवार एक कार्यक्रमको आयोजना गरि सहयोगको घोषणा गरेको विधालयका अध्यक्ष अफ्रोज खानले जनाकारी दिए ।

प्रसाईले मुस्लिम बालबालिका अध्ययनरत सो मदरसालाई २५ लाख मूल्य बराबरको १ कठ्ठा जग्गा र आफ्ना पितृको नाममा एउटा भवन निर्माण गरिदिने घोषणा गरेका छन् । सहयोगको घोषणा गर्दै विधालयको चौतर्फी विकासमा आफ्नो सहयोग रहने प्रसाईको भनाई छ ।
बालबालिका, अभिभावक र स्थानीयवासीले सहयोगका लागि आग्रह गरेका थिए ।

कार्यक्रममा स्थानीय युवा तथा दाता कैलाश प्रसाईको विशेष आतिथ्य तथा बिद्यालयका संस्थापक अध्यक्ष गुलाम नबीको अध्यक्षता रहेको थियो । शिक्षक मानुसी राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अफरोज खानले गरेका थिए ।

प्रकाशित मिति : आश्विन २३, २०७८ शनिबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]