एमालेसँग एक्लै भिड्ने कुनै दलको तागत छैन : विष्ट
सुरुङा । नेकपा एमालेका सचिव एवम् पूर्व मन्त्री गोकर्ण विष्टले वर्तमान परमादेश सरकारबाट जनताले कुनै अपेक्षा नगरेको बताएका छन् । उनले कनकाईमा आज विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारको १०० दिनमा गरिने आधारभुत मुल्याङकनको समायवधिभित्र मन्त्रीपरिषद् विस्तार गर्दै विताएको बताए ।

सचिव विष्टले सरकारको पहिलो १०० दिनमा गरेका काम कारवाही सार्वजनिक गर्ने समयमा मन्त्री कसलाई बनाउने भन्दाभन्दै विताएको बताएका छन् । उनले यो समयावधिमा आएर मन्त्री मात्रै बनाउने काम गरेको हुनाले थप आशा गर्न नसकिने दावी गरे ।
कनकाई प्रेस क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व मन्त्री विष्टले सत्तागठबन्धनमा रहेका दलहरु एमालेसँग थुरथुर कामेको बताए । एमालेसँग एक्लाएक्लै चुनावमा भिडन नसकिने निष्कर्षमा पुगेको गठबन्धनले एमाललेलाई शक्तिशाली दल ठानेको जिकिर गरे । ‘एमालेको तागत र जनताको साथ भएकाले हामीसँग कोहि पनि चुनावमा एक्लै भिड्न सक्दैनन’, विष्टले भने – अबको निर्वाचनमा एमालेले एक्लै नै बहुमत प्राप्त गर्ने छ ।
कनकाईमा पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन आएका विष्टले अब जनताको चहाना पुरा गर्ने जिम्मा एमालेकै भएकाले त्यसका लागि तयारीमा रहन नेता कार्यकर्तालाई आव्हान समेत गरेका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्ति विरुद्ध कडा आलोचना गरेका छन् । संसदीय अभ्यासको जीवनमा माओवादीलाई एमालेले भित्राएको बताउँदै अबको निर्वाचनमा जनताले माओवादीलाई संसद्मै प्रवेश नगराउने ठोकुवा गरे ।
यस्तै , मन्त्रीपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भागवण्डा खाजेर परामादेश जारी गर्दाको हिसाव मिलान गरेको विष्टको भनाई थियो । नेता विष्टले प्रधानन्यायाधीशको गतिविधि र गठवन्धनको गलत अभियानले मुलुकलाई भविष्यसम्म क्षति बताए ।