बिर्तामोडको मानन्धर चोकमा मासु व्यवसायीको हत्या
बिर्तामोड । झापाको बिर्तामोडमा मासु व्यवसायीको हत्या भएको छ । मानन्धर चोकमा बंगुरको मासु विक्री गर्दै आएका अर्जुनधारा –६ का अन्दाजी ५० वर्षीय इन्द्र कुमार मगर आइतवार साँझ आफ्नै पसलमा मृत फेला परेका थिए ।
उनको हत्या गरिएको आशंका गरिएको छ । शरिरमा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । विर्तामोडका डिएसपी सन्तोष आचार्यले शरिरमा धारिलो हतियार प्रयोग भएको देखिएका आधारमा हत्या भएको आशंका गरिएको जानकारी दिए । प्रहरीले घटनास्थल शिल गरेर अनुसन्धान अघि बढाएको छ । पोष्टपामर्टमका लागि शव पठाइएको डिएसपी सन्तोष आचार्यले जानकारी दिए ।