जेष्ठ १, २०८२ बुधबार

बाहिरियो मनसुन , औसतभन्दा १५ प्रतिशत धेरै पानी पर्‍याे

काठमाण्डाै – नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर मनसुन बाहिरिएको जानकारी दिएको छ । 

अक्टोबर २ अर्थात् गएको असाेज १६ गते मनसुन बाहिरिने अनुमान गरिएकोमा ९ दिन ढिला गरी मनसुन बाहिरिएको विभागले जनाएको छ । 

यस वर्ष गएको जेठ २८ गते मनसुन नेपाल भित्रिएको थियो । देशका ८६ ठाउँमा रहेका मापन केन्द्रको रेकर्ड अनुसार यस वर्षको मनसुनमा औसतभन्दा १५ प्रतिशत बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस वर्ष मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा समेत मनसुन भित्रिएको सुरुमै सक्रिय भयो भने सिन्धुपाल्चोक, रुपन्देही, मकवानपुरलगायतका ठाउँमा आरीघोप्टे वर्षा अर्थात् भाँडोबाट खन्याए झैँ एकै पटक ठूलो पानी परेको छ । 

जेठ अन्तिमदेखि असोज मध्यसम्म अर्थात् झन्डै चार महिना चल्ने मनसुनमा वर्षभरि पर्ने पानीको ८० प्रतिशतभन्दा धेरै पर्ने गर्दछ । मनसुन बाहिरिएसँगै अहिले नेपालमा कुनै उल्लेख्य प्रणाली सक्रिय नरहेकाले ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति : आश्विन २६, २०७८ मंगलबार  ७ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]