बैशाख ८, २०८१ शनिबार

भूतपूर्व सैनिक गोल्डकपको उपाधि आयोजकलाई

बिर्तामोड । दुधेको भूतपूर्व सैनिक संघलाई हराउँदै आयोजक बिर्तामोड भारतीय गोर्खा भूतपूर्व सैनिक संघले भूतपूर्व सैनिक गोल्डकपको उपाधि जितेको छ ।

प्रतियोगितको फाइनल खेलमा दुधेको माङमारी टिमलाई ३–० गोल अन्तरले पराजित गर्दै आयोजक च्याम्पियन बनेको हो । बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा दुधेमाथि आयोजक हावी भएको थियो ।

आयोजकका लागि खेलको ३२ औँ र ६० औँ मिनेटमा तोयाप्रसाद भूजेल र ४९ औँ मिनेटमा शेरबहादुर गुरुङले गोल गरेका थिए । आयोजकका अध्यक्ष डिके गुरुङका अनुसार भूतपूर्व सैनिकहरुबीच एकता तथा सुमधुर सम्बन्ध अझ मजबुद बनाउन बडादसैँको अवसरमा खेल आयोजना गरिएको हो ।

प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पायो भने उपविजेता टिमले ६१ हजार १११ रुपैयाँ, ट्रफी र मेडलमा चित्त बुझायो । खेलमा ६० वर्षभन्दा माथिका उच्च गोलकर्ता आयोजकका क्याप्टेन डिके गुरुङले नगद २५ हजार पाए ।

त्यस्तै, प्रतियोगिताका बेस्ट डिफन्स दुधेका बुरा राई, मिडफिल्ड आयोजकका शेरबहादुर गुरुङ, फवर्ड आयोजककै तोयाप्रसाद भूजेल र गोलकिप्पर विजेता टिमका शिवकुमार गुरुङ घोषित भए । उनीहरुले नगद पाँचपाँच हजार पाए । विजेता तथा उपविजेतालगायतलाई झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले नगद तथा ट्रफी प्रदान गरेका थिए ।

प्रकाशित मिति : आश्विन २८, २०७८ बिहीबार  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]