बैशाख ८, २०८१ शनिबार

खेलकुद समितिको अध्यक्ष र उपाध्यक्षको सपथग्रहण, झापाको अध्यक्षमा प्रसाई

विराटनगर । प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाहरुका खेलकुद समितिहरुमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई आज सपथ ग्रहण गराएको छ ।

सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको उपस्थितिमा वोर्ड उपाध्यक्ष बाबा मेन्याङ्वोले नवनियुक्त अध्यक्ष र उपाध्यक्षलाई सपथ गराउनु भएको थियो । खेलकुद विकास बोर्डले बुधबार १४ वटै जिल्लामा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको थियो ।

सपथ ग्रहण कार्यक्रममा सामाजिक विकास मन्त्री साम्सोहाङले जिल्ला खेलकुद समितिहरुले पूर्णता पाएसँगै प्रदेश १ को खेलक्षेत्रले फड्को मार्ने बताउनुभयो । लामो समय देखि प्रदेश खेलकुद विकास बोर्डले पूर्णता नपाउँदा जिल्लाहरुमा खेलकुदका गतिविधिहरु हुन नसकेको उहाँले बताउनुभयो ।

लामो समयदेखि नेतृत्व विहीन खेलकुद समितिहरुमा नयाँ नेतृत्व चयन गरिनु महत्वपूर्ण उपलब्धि भएको खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले बताउनुभयो । झापाको जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा चन्द्र प्रसाई र उपाध्यक्षमा तुलसा प्रधानलाई जिम्मेवारी प्रदान गरिएको छ ।

प्रकाशित मिति : कार्तिक ४, २०७८ बिहीबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]