बैशाख १३, २०८१ बिहीबार

‘बिर्तामोडमा फोहोर राख्ने निश्चित ठाउँ छैन’

झापा अर्जुनधारा –६ का विष्णु आचार्य बिर्तामोडमा सरसफाई अभियान्ताका रुपमा परिचित छन् । अभियानमा पहिलो चरणमा सागर पौडेल, दोस्रो चरणमा हैकम घिसिङले नेतृत्व गरेका थिए । अहिले नेतृत्व गरिरहेका आचार्य पनि ३ वर्षदेखि क्रियाशिल छन् । पेशा व्यवसायमा समेत समय दिएर सरसफाईमा लागेका उनको समूहले अहिले अभियानलाई कहाँ पु¥याएका छन् ? के गर्दै छन् ? यसै सन्दर्भमा इजलासले उनीसँग गरेको संक्षिप्त कुराकानी :

१, अहिले कहाँ सरसफाई चलिरहेको छ ?

– अहिले बिर्तामोडको वडा नं ४ मा सरसफाई चलिरहेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुसँग सरसफाई सम्बन्धी बुकलेट बारेमा जानकारी गराइरहेका छौ । स्थानीय तहमा भएका विभिन्न संघ संस्थासँगको सहकार्यमा कसरी सरसफाईलाई प्रभावकारी बनाउन सकिन्छ भनेर सहजीकरण गरिरहेका छौ । सरसफाईको नदी तथा अन्य सार्वजकि सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि बुुझाउने काम भइरहेको छ । यो अभियान अहिले १४६ औ हप्ता पुरा भइसकेको छ । विर्तामोडको अन्य वडा १, ५ र ३ मा पनि सहजीकरणको काम चलिरहेको छ ।

२,नागरिकको साथ पाउनु भएको छ कि छैन ?

– नागरिकको साथ जुन तरिकाले पाउनु पर्ने त्यसरी पाएका छैनौ । सामाजिक सञ्जालमा हेर्दा उहाँको साथ धेरै नै छ । हौसला दिनुहुन्छ, तर काममा देख्न पाउँदैनौ । सायद फोहोर उठाउने काम भएकाले होला उपस्थिति देखिदैन । समग्रमा अन्य कार्यक्रममा जस्तो उपस्थिति हुन्छ , त्यसरी सहयोग र उपस्थिति पाएका छैनौ ।

३, बिर्तामोड सरसफाई सकिएको हो ?

– छैन सकिएको । यो निरन्तर चलिरहन्छ । परिर्वतन धेरै आएको छ । सरसफाई अभियानमा जोडिएको संघसंस्थाहरुले आफ्नो संस्थालाई प्रमोट गरिसके होला । त्यसैले पनि उपस्थिति जनाउदैनन् । झट्ट हेर्दा, कम उपस्थिति देखिन्छ । त्यसैले सकिएको भन्नु भएको होला । त्यस्तो होइन ।

४,सरसफाईमा चुनौति कहाँ छ ?

– यहाँको चुनौति व्यवस्थापन नै हो । फोहार राख्ने ठाउँ छैन । डम्पिङ साइड छैन । फोहोरको वर्गिकरण गरेर राख्ने कुनै प्रयास भएको छैन । नगरपालिकासँग पर्याप्त जग्गा भएर पनि फोहोर व्यवस्थापन गर्ने ठाउँमा समस्या छ । ठाउँ भेट्टाए पनि स्थानीय नागरिकको विरोध छ । राजनीतिक खिचातानी हाम्रो लागि चुनौति छ । फोहोर व्यवस्थापन गर्ने स्थानीय सरकारको नीति पनि छैन । अन्य नगरपालिकासँग सहकार्य गर्ने आशले पनि व्यवस्थापन लम्बिएको छ । यो हाम्रो लागि मुख्य चुनौति हो ।

५, जति सरसफाई कार्यक्रम चल्दैछ, त्यति नै बजारमा फोहोर बढिरहेको छ नि ?

– मान्छेमा चेतना भएर पनि बाध्यता छ । नागरिकले फोहोर व्यवस्थित गरेर प्लाष्टिकमा राख्दा पनि समस्या नै छ । फोहोर व्यवस्थापनका लागि नागरिकले एकै ठाउँमा भेला गरेको फोहोर गाडीले किचिदिन्छ । बाटोमा हिड्ने मान्छेले किचिदिने । कुकुरले प्लाष्टिक च्यातिदिन्छ । त्यसले फोहोर छरिएको हुन्छ । व्यवस्थापनका लागि चेतना भएपनि नागरिकको पनि लापरबाही छ । ट्याक्टर आउँदा पनि व्यवस्थित गरेर नराखिदिने समस्या छ । यसले गर्दा नागरिकको पनि कमजोरी देखिएको छ ।

६, यति धेरै बजार फोहोर हुनुको कारण ?

– हामी अभियान्ता हौ । कहिलेसम्म हामी झाडु लगाउने, कहिलेसम्म फोहोर बोक्ने ? हामी त बाटो देखाउने हो । चेतना जगाउने हो । माध्यम मात्र हौ । यसमा बिर्तामोड बाणिज्य संघको भूमिका धेरै हुन्छ । वाणिज्य संघ र नगरपालिकाको दायित्व पनि उत्तिकै छ । फोहोरको वर्गिाकरणसँगै डम्पिङ साइडको व्यवस्था नभएसम्म विर्तामोडको फोहोर यत्तिकै भइरहन्छ । यहि कारण हो ।

७, धेरै फोहोर उत्पादन कहाँबाट भइरहेको पाउनु भएको छ ?

– बिर्तामोडमा व्यवसायीले नै धेरै फोहोर उत्पादन गरिरहेका छन् । त्यसमा पनि कपडा, जुत्ताचप्पल, होटल, अस्पताल, बैंक पर्छन् । साना कलकारखानाबाट पनि फोहोर उत्तिकै उत्पादन भइरहेको छ । उनीहरुले आफै फोहोर व्यवस्थापन गर्न सक्छन् । त्यसो भयो भने उत्पादन भएपनि फोहोरको मात्रा बाहिर कम देखिन्छ । खासगरी व्यवसायीका लागि वाणिज्य संघ र नगरपालिकाले डस्पिनको व्यवस्थापन गर्नुपर्छ । फोहोरको वर्गिकरण गर्न मिल्ने गरी डस्पिन राखियो भने पनि व्यवस्थापन हुँदै जान्छ ।

८, फोहोरको व्यवस्थापनमा व्यापारीको असहयोग हो ?

– व्यवसायीको सहयोग छ । असहयोग छैन । उनीहरुमा चेतना आएको छ । फोहोर व्यवस्थापनका लागि विभिन्न आवश्यकीय सामग्री उपलब्ध गराएका छन् । बाध्यता छ उनहिरुमा पनि , समयमा नगरपालिकाको ट्याक्टर आएन भने फोहोर बाहिर राख्नुको विकल्प छैन । समग्रमा व्यवसायीको सहयोग नै छ । केहि व्यापारी अजिर नै छन् । तर, उनीहरुलाई नगरपालिकाले सचेत गराउँदै आइरहेको छ ।

९, यहाँको फोहोर कहाँ फालिदैछ ?

– यहाँको फोहोर राख्ने निश्चित ठाउँ छैन । अहिले बुट्टारवारी क्षेत्रमा प्रमुख राजमार्गको दुवैभाग र खाद्य संस्थान नजिकैका क्षेत्रमा खाल्डो खनेर पुरिदैछ । त्यो पनि चुनौति नै हो । बाटोमै फोहोर राख्नु बेठिक छ । यो बिर्तामोड नगरपालिकाको लापरवाही हो । आवतजावत गर्ने नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पु¥याइरहेको छ । वोतल छन् । त्यो पनि जोखिम छ । भविष्यमा बाटो बनाउँदा पनि फोहोर वाहिर निकालिन्छ । त्यो बेला अहिले गरेको लापरबाही चुनौति बन्ने छ ।

१०, फोहोर व्यवस्थापनको लागि व्यवसायी र स्थानीय सरकारबाट कस्तो सहयोग पाउनु भएको छ ?

– शुरुआतमा सहयोग थिएन । धेरै कठिन परिस्थितिबाट यो अभियान सञ्चालन ग¥यौ । व्यवसायी र स्थानीय सरकारबाट खासै सहयोग भएन । तर, पछिल्लो समय बुझाईमा परिवर्तन आएको छ । सरसफाई अभियान्ताको अभियानमा दुवै क्षेत्र जोडिदै गएको अवस्था छ । अहिले स्थानीय सरकारले नागरिकको जनचेतनाका लागि अभियान्ता मार्फत सहयोग गरिरहेको छ । अहिले पर्याप्त सहयोग नभएपनि असहयोग भएको छैन । विस्तारै सहयोग गर्दै प्राप्त हुने विश्वास छ ।

११, यहि अभियानको शुरुआतमा उपस्थिति राम्रो थियो, अहिले किन २÷४ मात्र ? अभियान सुस्ताएको हो ?

– यसको कारण चाहि फोहोर उठाउनु पर्ने कारणले हो । यहि ठाउँमा फोहोर नभई अन्य काम भएको भए उपस्थिति राम्रो हुने थियो । त्यति मात्र होइन, काम विशेषले पनि धेरैको उपस्थिति घट्दै गएको छ । सबैलाई जानकारी गराएका हुन्छौ । अहिले समिति छैन । हामी स्वतस्फुर्त लागेका छौ । कसैलाई करकाप छैन । व्यानरलाई प्राथमिकता दिने साथीहरुको उपस्थिति कम भएकै हो । काम गर्ने सँगै छौ । अभियान मै लागिरहेका छौ ।

१२,बेला–बेला मात्रै उपस्थिति बाक्लो हुन्छ नि ?

– आफु आवद्ध संघ संस्थाको पहिचानको लागि केहि साथीहरु व्यानर लिएर बेला–बेला आउने गर्नुहुन्छ । यस्ता समुहसँग हामीले अपेक्षा पनि राख्ने गरेका छैनौ । किनभने, सेल्फीमा झाडु देखाउँदा बिर्तामोड सफा हुदैन । बेलाबेला आउनु त सामाजिक सञ्जाल तताउनु मात्र हो, जस्तो लाग्छ । त्यहि बेला उपस्थिति बाक्लो देखिन्छ ।

१३, बिर्तामोडको समस्या चाहि के हो ?

– बिर्तामोडको फोहोर नै यहाँको मुख्य समस्या हो । र, त्यसको व्यवस्थापन गर्न नसक्नु अर्को ठुलो समस्या हो । नागरिकमा जुन किसिमको चेतना हुनुपर्ने हा,े त्यो आएको छैन । त्यो पनि बिर्तामोडका लागि समस्या हो ।

१४, बजार स्वच्छ र सुन्दर बनाउन के गर्नुपर्छ ?

– शुरुआतमा घर सफा गर्नुपर्छ । त्यसपछि गाउँ, वडा र बजार सरसफाई गर्नुपर्छ । त्यसको लागि स्वयम् म बाट शुरुआत गर्नुपर्छ । अनिमात्र बजार स्वच्छ र सुन्दर बनाउन सकिन्छ । पहिलो र नजिकको फोहोर फाल्ने ठाउँ मेरो गोजी हो, भन्ने सम्झिनुपर्छ । आफुले प्रयोग गर्ने वस्तुबाट उत्पादित फोहोर आफै व्यवस्थापन गर्नुपर्छ । त्यसको लागि पहिलो विकल्प गोजी नै हो । बिर्तामोडमा सुर्तीजन्य मधु, गुट्खा, परागको खोल फोहोरको चुनौति हो । यसको व्यवस्थापन गर्न सकियो भने पनि धेरै फोहोरमैला व्यवस्थापनमा टेवा पुग्ने छ । यसको नियन्त्रणको लागि स्थानीय सरकारले नीति तयार गरेर दायरा भित्र ल्याउनुपर्छ ।

१५, किन सरसफाई अभियानमा लाग्नु भयो ?

– सामैदेखि सामाजिक काममा छु । वैदेशिक रोजगारीको लामो बसाईले स्वदेश फर्केर आएपछि आफ्नो ठाउँ कसरी सरसफाई गर्ने भन्दै लागे । आफ्नो ठाउँ स्वच्छ र सरसफाईयुक्त बनाउन लाग्दैे गर्दा आज अभियानको रुपमा काम बढाइरहेका छौ । काठमाडौमा बाग्मती सरसफाई महाअभियान चलिरहेको देखे । आफु पनि सरिक भएको छु । त्यहि अभियानको प्रेरणाले यहाँ सरसफाई अभियानमा लागेको हु ।

१६, अब योजना के छ ?

– झापालाई सुन्दर बनाउने योजना छ । सफा र सुन्दर झापा बनाउने योजना हो । हरेक स्थानीय तहका जनप्रतिनिधिसँग फोहोर व्यवस्थापना लागि सहकार्य गर्ने । शैक्षिक क्षेत्रमा जनचेनामुलक कार्यक्रम गर्ने । बिर्तामोड, अर्जुनधारा, मेचीनगरमा सरसफाईको काम चलिरहेको छ । बिर्तामोडको अभियान १५० औं हप्ताको अवसरमा सरसफाई कार्यविधि हस्तान्तरण गर्ने र आगामी योजनाका बारेमा छलफल गरेर अभियानलाई निरन्तरता दिने योजना छ ।

प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार  ११ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]