चैत्र १६, २०८० शुक्रबार

पाँचथर अपडेट : १६ जना घाइतेलाई हेलिकप्टरमार्फत उद्धार

रविन्द्र काफ्ले

फिदिम – पाँचथरमा भएको बस दुर्घटनाका १६ जना घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।

एम्बुलेन्स नपाएका तथा गम्भीर घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टर अहिले साँझ उद्धार गरेको हो । उनीहरुलाई थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो । नेपाली सेनाको एम–१७ हेलिकप्टरले १६ विरामी र तिनका तीन जना कुरुवा समेतलाई फिदिमबाट धरान पु¥याएको हो । विरामीहरुको रेफरका लागि साँझसम्म प¥याप्त एम्बुलेन्स नभएको तथा घाइतेहरुको स्वास्थ्य अवस्था झनै जटिल हुने भएपछि नेपाली सेनाको हेलिकप्टरले उनीलाई उद्धार गरेको हो ।

आज विहान ११ बजे भएको दुर्घटनामा घाइते भएका २८ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि झापाका विभिन्न अस्पतालमा पु¥याइएको प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो । अहिले फिदिम स्थित समर्पित अस्पतालमा नौ जना र पाथीभरा अस्पतालमा आठ जना घाइतेहरुको उपचार भइरहेको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा लेटाङ नगरपालिका–६ मोरङका ७ वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीया प्रमिला देवान र उनकै सात महिने छोरा निश्चल देवानको मृत्यु भएको हो । एक जना मृतक महिलाको पहिचान हुन सकेको छैन् ।

फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि हिँडेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा आज विहान ११ बजे दुर्घटना भएको थियो । अर्को सवारीलाई उछिन्ने क्रममा सडक छेउमा रहेको माटोबाट अगाडि बढ्ने क्रममा माटो भत्किई बस सडकबाट करीब २० मिटर तल झरेको थियो ।

दुर्घटनाका मृतक तथा घाइते कुम्मायक गाउँपालिकाको यासोक बजारबाट ट्याक्सीमा निवु खोलासम्म आएका थिए । बाढीका कारण निवु खोलमा रहेको पुल भत्केकाले पैदल यात्रा गरी पुल तरेर उनीहरु बसमा चढेका थिए । तर बस केही किलोमिटर पार नगर्दै दुर्घटना भएको थियो ।

यसअघि तीनदिनसम्म भएको वर्षाका कारण मेची राजमार्ग सहितका सडकहरु अवरुद्ध भएका थिए । दशैं मनाउन गाउँ तथा आफन्तकहाँ आएकाहरु सडक सहज भएपछि आज उक्त बसमार्फत गन्तब्यतर्फ जाँदै थिए ।

प्रकाशित मिति : कार्तिक ८, २०७८ सोमबार  ७ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]