जेष्ठ ५, २०८१ शनिबार

जापान जान रोकिएका विधार्थीलाई समाधान देऊ

सम्पादकीय
कोरोना महामारी पछि नेपाली विधार्थी अध्ययनका लागि जापान जान पाइरहेका छैनन् । तर, प्रक्रिया पुरा गरेका अधिकांश विधार्थी जापान उड्न पाइने आशामा बसेका छन् । नेपालबाट पछिल्लो समय जापान अध्ययनमा जानेको संख्या बढ्दो छ । जब, महामारी शुरु भयो त्यसपछि जापान ठप्प जत्तिकै भएको छ । जापानमा अध्ययनसँगै काम गरेर आर्थिक जीवनलाई समेत उठाउने योजना बनाएका हजारौं विधार्थीको सपना पुरा हुन पाएको छैन । अहिले पनि विधार्थीहरु हरेक दिन जापान खुल्ला होला भन्ने व्यग्र प्रतिक्षामा छन् । कोरोना महामारीले शुरु गरेको समस्या अहिलेसम्म समाधान भइसकेको छैन । यसको समाधान खोज्नेहरु पनि लगभग थाकिसकेको अवस्था छ ।

नेपाली विधार्थीहरुले जापान अध्ययनमा जान कम्तिमा ७ लाखदेखी १६ लाखसम्म खर्च तिर्नुपर्ने हुन्छ । नेपालबाट जापान जानका लागि प्रक्रिया पुरा गरिसकेका विधार्थीहरुले जापानस्थित कलेजहरुलाई लाखौं रकम बुझाइसकेका छन् । अधिकांश विधार्थीहरुले कर्जा गरेर नै प्रक्रिया अघि बढाएका हुन् । ठुलो रकम भएको हुनाले विधार्थीले आफै जुटाउन सक्ने अवस्था छैन । पैसा बुझाइसकेका ३ हजार विधार्थी अहिले व्याज तिर्दै बसिरहेका छन् । ब्याज तिरेर पनि जापान जान पाइएला कि भन्ने आशा ज्यँदो छ । तर, जापान लैजान दुतावासले तत्कापरता नदेउखा विधार्थीमा निराशा उस्तै छ ।

विभिन्न परामर्श दार्त संस्थाहरुबाट जापान जानका लागि आवश्यक परामर्श लिएका विधार्थीहरुले सो संस्थाहरुलाई पनि करिव १ लाख बुझाएका हुन्छन् । परामर्श दातृ संस्था जापानले विधार्थी नलैजानुको जिम्मेवार छैनन् । तर, पहल गर्ने सन्दर्भमा मुख्य भूमिका हुन सक्छ । प्रधानमन्त्री शेर बहादुर देउवा , शिक्षामन्त्री र जापानिज दुतावासलाई परामर्श संस्थाको छाता संस्था इक्यानले विधार्थी लैजानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको छ । त्यै पनि सरकारले सुनुवाई गर्नसकेको छैन । अब, विधार्थीमा आशा नै हराईसकेको हो भने पैसा फिर्ता माग्न चहाने विधार्थीलाई कलेजहरुले त्यो सुविधा दिनुपर्छ । नभए, विधार्थी र विधार्थीको परिवारमा ठुलो समस्या आउन सक्छ । त्यस तर्फ सरोकारवालाको ध्यान जान जरुरी छ । पीडित विधार्थीहरुलाई तत्काल यसको समाधान दिन आवश्यक छ ।

प्रकाशित मिति : कार्तिक १६, २०७८ मंगलबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]