बैशाख २९, २०८२ सोमबार

बिर्तामोडमा एमालेको निर्वाचन १ बजेदेखि

बिर्तामोड । नेकपा एमाले बिर्तामोडको नेतृत्व चयनका लागि १ बजेदेखि निर्वाचन हुने भएको छ । अध्यक्ष मण्डलको बैठकले गरेको निर्णय अनुसार उम्मेद्वारी मनोनयन पत्र फिर्ता लिन वा पद् फेरवदलका लागि समय थप गर्न निर्वाचन समितिलाई निर्देशन भए बमोजिम १०ः३० बजेसम्मलाई समय थपिएको हो ।

निर्देशन अनुसार निर्वाचन समितिले ११ बजेदेखि निर्वाचन गर्ने समय तालिका फेरबदल गरेको छ । निर्वाचन आयुत्त, डम्बर देउजाले १ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने जानकारी दिए । बिर्तामोडमा ४ सय प्रतिनिधि छन् ।

अध्यक्षमा सुवास भट्टराई र उमानाथ ओलीविच प्रतिष्पर्धा हुने भएको छ । अध्यक्षका १४ जना आकांक्षीमध्ये १२ जनाले फिर्ता लिइसकेका छन् । भट्टराई र ओलीविच सहमति जुट्न सकेको छैन । बिर्तामोडमा पदाधिकारीसहित खुल्ला ६ सदस्यमा निर्वाचन हुने भएको छ ।

प्रकाशित मिति : कार्तिक १६, २०७८ मंगलबार  १० : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]