जेष्ठ ७, २०८१ सोमबार

पाँच वर्ष मुलुक बनाउने जिम्मा हामी लिन्छौ

राम कार्की ‘पार्थ’

०२८ सालमा झापामा वर्ग संघर्षको चकमक चलाएर त्यो कम्यूनिष्ट आन्दोलनलाई व्यूउँझाउने र आज आएर ०७४ सालमा छरिएका कम्यूनिष्टहरुलाई एक ठाँउ ल्याउने हाम्रा सर्वोच्च नेता कमरेड केपी शर्मा ओली, उहाँलाई सेलुट छ । उहाँ हाम्रो नेता, म हाम्रो भन्छु–अव एमाले रहने छैन,माओवादी रहने छैन । वामपन्थीपे्रमी जनसमुदायलाई अभिवादन व्यक्त गर्दछु ।

देशमा दुइटा पार्टी छ । दुई वटा पार्टी लडिरहेको छ । राजासँग घाँटी जोडिएको कांग्रेस पार्टी ,जनतासँग घाँटी जोडिएको कम्यूनिष्ट पार्टी, कता लाग्ने ? राजा त गए,कांग्रेसको घाँटी हेर्नुहोला । किनभने घाँटी त जोडिएको थियो । हामी खेतमा हलो चलाउने,कोदालो चलाउनेको पार्टी कम्यूनिष्ट पार्टी । डिलमा छाता ओडेर खेतालालाई हकार्नेहरुको पार्टी कांग्रेस पार्टी ।

भन्नुहोस,कता लाग्ने ? विहानै शितमा चर्चरी फुटेका खुट्टाहरु,हातभरी ठेला लिएर चियाका पातहरु टिप्ने मजदुरहरुको पार्टी कम्यूनिष्ट पार्टी,चिया बगानको विचमा सिसैसिसाले बनेको घरमा बसेर मजदुरलाई कसरी ठग्ने भन्दै हिसाब गर्नेहरुको पार्टी , कांग्रेस पार्टी । अब फैसला गर्नुप¥यो । यसपटक मौका आएको छ । हामीले वाम गठबन्धनको सरकार बनाउन सक्छौ । कामरेड केपी ओली वा उहाँले चाहेको मान्छे अव पाँच वर्षको निम्ति देशको प्रधानमन्त्री हुन सक्छ ।

तपाईहरु केहि दिन खटिदिनुहोस । तपाईहरु सजग बनिदिनुहोस,चनाखो वनिदिनुहोस । पाँच वर्ष मुलुक बनाउने जिम्मा हामी लिन्छौ । पाँच वर्ष पछाडि यो एक नम्वर क्षेत्रलाई हामी नचिन्ने क्षेत्र वनाइदिन्छौ । हामी बाहुनडाँगीमा प्राविधिक कलेज खोलिदिने छौ । मेचीको किनारै किनार हुँदै सिवा भञ्ज्याङ हुदै तिव्वतसम्मको महामार्ग खन्नेछौ । झापाका सामानहरु तिव्वतको बजारमा विक्ने छन् । बुढाबुडीले त हामीलाई विर्सने कुरै भएन । बाआमाको सेवा हाम्रो कर्तव्य हो । दुई हजार छ अहिले । सरकार बनाउन दिनुहोस,पाँच हजार बनाउने छांै ।


झापाका मठमन्दिरमा,नेपालभरकै मन्दिरमा छोराबुहारी गएर भन्ने छन्,‘ हे प्रभू मेरो बाआमालाई,सासूससुरालाई लामो आयु दिनुहोस् ।’ किन भने वाआमाले हाम्रो सरकारबाट पाँच हजार पाउन थालेका हुन्छन् । बाआमाको सेवा गर्ने हाम्रो कर्तव्य हो । बालबालिकाको स्याहार गर्ने हाम्रो कर्तव्य हो । पाँच वर्ष हामीलाई सरकार चलाउन दिनुहोस,हामी सबै नानीहरुलाई विधालय पु¥याउने छौ । र,हरेक घरमा रहेका १२ वर्ष मुनीका नानीबाबु जहाँ छन्,त्यहाँ सरकारको तर्फबाट एक वोतल दुध पुग्नेछ । हामी अरु ग्यारेण्टी गर्न सक्दैनौ ।

चुनावमा रक्सी र पैसा वाँढ्न सक्दैनौ । सरकारमा जान दिनुहोस्,त्यसको सट्टा राम्रो दुध निःशुल्क पाउनु हुनेछ । हामी युवाहरुलाई काम दिने छौ । नेपालका सबै कारखानाहरु बन्द गरेर युवाहरुलाई विदेश तिर लखेट्ने कांग्रेस पार्टी रोज्नु हुन्छ या नेपालमा कारखाना खोलेर विदेशिएका युवालाई फर्काएर नेपालमा काम दिने कम्यूनिष्ट पार्टी रोज्नु हुन्छ ? कांग्रेसका मान्छेको भाषण सुन्दा कुरीकुरी लाग्छ । नेपालमा भएको जुत्ता कारखाना,सिमेन्ट कारखाना,धागो,कपडा,चुरोट कारखाना सबै बेच्ने को भन्दा कांग्रेस ।

अहिले त्यहि कांग्रेसका मान्छे के भन्छन् भने हाम्रा छोराछोरीहरु कतार,मलेसियाबाट काठको बाकसमा लास भएर आउँदैछन् । पठाको कस्ले ? कांग्रेसलाई सोध्नुहोला । किन गएत ? भन्दा कांग्रेसले सबै कारखाना बन्द गरिदियो । यदि कम्यूनिष्टले सरकार चलाउन पाएको भए,आज हामीसँग पचासौं वटा जुत्ता कारखाना,पचासौ चिनी ,कपडाका कारखाना हुन्थ्यो ।

कृषिका ठुलाठुला कारखाना खोलेका हुन्थ्यौ । आज पनि नेपाली चियाको ब्राण्ड छैन । कांग्रेसले लोभलाग्दो कन्यामको चिया बगान कस्लाई दाइजो दियो, भन्दा एउटा पुँजीपतिलाई दियो । र, मजदुरहरुको हितलाई हेरेको छैन । हामी तपाईहरुलाई ग्यारेण्टी गर्छौ । अहिले मजदुरले दिनको २७५ पाउँदैछन् त्यै पनि सुख्खा ।

विरामी हुँदा उपचार छैन , स्कुलमा कुनै सुविधा छैन । मजदुर वेसहारा भएका छन् । कम्यूनिष्ट सरकार बनाउनुहोस तलव दोब्बर बनाउँनेछौ । कृषि मजदुर हुनुहुन्छ,ती मजदुरलाई पेन्सनको व्यवस्था गर्नेछौ । पुलिसको पेन्सन,खरदारको पेन्सन,मास्टरको पेन्सन हुन्छ ,तर जसले हामीलाई खेति गरेर पालेको छ उनीहरुको पेन्सनको व्यवस्था छैन ।

किसान काम गर्न नसक्ने भएपछि केहि पनि पाउँदैन । म मेरो नेता केपी ओलीलाई साँची राखेर भन्दैछु किसानलाई पेन्सनको व्यवस्था मिलाउँछौ । एक पटक मौका आएको छ,कम्यूनिष्ट सरकार बनाउने । सरकार बनाउनुहोस्,यी सबै हामी पुरा गर्ने छौ । अभिवादन ।

०७४ मंसीर ३ गते काँकरभिट्टामा वामगठवन्धनको तर्फबाट झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार कार्की (राम) ले दिएको मन्तव्यको सम्पादित अंश ।

प्रकाशित मिति : श्रावण २२, २०७६ बुधबार  १ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]