जेष्ठ ५, २०८१ शनिबार

सहकारीको अनुभुती

सम्पादकीय
झापाको चारपानेमा सञ्चालित सहकारी सहारा नेपाल २५ औं वार्षिक साधारणसभाको तयारीमा छ । त्यसको पूर्व सन्ध्यामा सहाराले आफ्नो प्रतिवेदन सार्वजनिक गरिसकेको छ । आर्थिक कारोवारका हिसावले ठुलो र बलियो सहारा नेपाल , नेपाल बारिह पनि पहिचान बनाउन सफल भइसकेको छ । सहकारी क्षेत्रमा थोरै मात्र गर्व गर्न योग्य सहकारी छन्, त्यसमा सहारालाई पाइन्छ । सहकारी स्थापना गरेर आर्थिक क्षेत्रमा मात्रै फड्को मार्ने अधिकांश संस्था आम नागरिकको जीवनसँग गुमनाम छन् । तर, सबैको मुखमा सहारा छ । पछिल्लो समयमा सहारा नेपालले सदस्यहरुको जीवनमा पुर्याएको योगदानले सदस्यहरु खुशी भएका छन् ।

सहाराको प्रतिवेदनमा दर्जनौ योजना सार्वजनिक गरिएको छ । त्यसमध्ये अधिकांश कार्यक्रम सदस्यमैत्री छन् । गरिव विपन्नलाई रासन कार्ड वितरण गर्ने योजना सार्वजनिक गरेको सहाराले विपन्न परिवारकै सन्तानलाई डाक्टर बनाउन लाखौं रुपैया खर्च गर्ने योजनामा छ । प्रतिवेदनमा २५ लाखसम्म अनुदान दिने र आवश्यक रकम विना व्याजमा लगानी गर्ने बुझिएको छ । सदस्यको स्वास्थ्य उपचारमा विशेष प्राथमिकता दिदैं आएको सहाराले औषधि उपचार उपलब्ध गराउने समेत तयारी गरिरहेको छ । यसले सहारा कमाउने मात्र होइन, सदस्यको जीवन मै सहारा बन्ने लक्ष्यका साथ अघि बढिरहेको बुझिन्छ ।

बडादशैंमा सहाराले सदस्यको खशी किनेर विक्रि गर्न सहयोग गरेको थियो । अहिले पनि आफ्ना सदस्यहरुको उत्पादनलाई बजारिकरणमा सहयोग गर्ने योजना अगाडि सारिएको छ । यसले सदस्यलाई समेत ठुलो राहत पुग्ने निश्चित छ । त्यति मात्र होइन, सहाराको बजारीकरणले कृषि क्षेत्रमा समेत सहयोग पुग्ने निश्चित छ । सहकारी क्षेत्रमा विकृति विसंगति पनि थुप्रै छन् । सहाराले पनि यस क्षेत्रमा हुने संभावित जोखिम र विकृति अन्त्यका लागि आवश्यक समीक्षा गर्नुपर्छ । नभए, सहाराको लागि सधैं समय अनुकुल नहुन सक्छ । यसैले अघि सारिएका सबै कार्यक्रम कार्यान्वयनमा व्यापक छलफल, बहस गरेर जानुपर्छ । अहिले सहाराको काम देखेर सदस्य खुशी छन् । सहकारीको लक्ष्य भनेकै सदस्यलाई संस्थाको प्रभावकारी अनुभुत गराउनु हो ।

प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार  १० : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]