अमेरिकाको इर्भान सिटीसँग बिर्तामोडको भगिनी सम्बन्ध

बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव कुमार शिवाकोटीले भगिनी सम्बन्धको लागि पहल थालेका छन् ।
उनले अमेरिका भ्रमणका क्रममा अमेरिकास्थित क्यालिफोर्निया राज्यको इर्भान सिटीको मेयर क्रिस्टिना एल सिआसँग भेटवार्ता गरेका छन् ।
नीजि खर्चमा अमेरिका पुगेका मेयर शिवाकोटीले भगिनी सम्बन्ध विस्तारका विषयमा कुराकानी गरेको मेयरका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिए । कुराकानीका क्रममा इर्भान सिटीको मेयर क्रिस्टिना एल सिआले बिर्तामोडको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।
बिर्तामोडका मेयर शिवाकोटीका अनुसार भगिनी सम्बन्धका बारेमा कुराकानी सकिएको छ, अब कागजात प्रक्रिया अगाडि बढाउने सहमति समेत भइसकेको छ । https://www.cityofirvine.org/