बैशाख २९, २०८२ सोमबार

एमालेलाई सबैको प्रिय पार्टी बनाउने घोषणा

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको निर्वाचित पदाधिकारी र सदस्यले शपथग्रहण गरेका छन् । बुधबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित घोषणा सभा एवम् शपथ ग्रहण कार्यक्रममा निर्वाचित सबैलाई शपथ ग्रहण गराइएको छ ।

सपथ ग्रहणपछि प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष सुवास भट्टराईले बिर्तामोडमा सबैभन्दा बलियो पार्टी एमालेलाई बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आगामी निर्वाचनमा एमालेका कुनै पनि उम्मेद्वार पराजित नहुने गरि काम गर्ने घोषणा गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीको मार्गदर्शन र उहाँको अघि सारेका हरेक कार्यक्रमलाई सफल बनाउने भूमिका निर्वाह गर्ने बताए । अध्यक्ष भट्टराईले पार्टीलाई एक ढिक्का बनाउदै नगर कमिटीलाई आम नागरिकको प्रिय पार्टी बनाउने घोषणा गरेका छन् ।

नगरको निर्वाचनमा अध्यक्षमा भट्टराई र पुराना नेता उमानाथ ओली बिच प्रतिष्पर्धा भएको थियो । बुधबार राती सम्पन्न मत गणनाको परिणाम अनुसार भट्टराईले २७७ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्दी ओलीले १४० मत प्राप्त गरे ।
नगर कमिटीको उपाध्यक्षमा २१४ मत प्राप्त गर्दै पुष्पा दाहाल निर्वाचित भइन् । उनको प्रतिद्वन्दी उर्मिला विमली खरेलले १९४ मत प्राप्त गरिन् । यस्तै, सचिवमा शेखर कँडेल निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी शंकरराज ढुङ्गेलले १८६ र कँडेलले २१६ मत प्राप्त गरेका छन् । उपसचिव पद्मा प्रकास लिङ्देन र मदन बुढाथोकी निर्वाचित भएका छन् । दुई जना उपसचिवका लागि ८ जना बिच निर्वाचन भएको थियो । उपसचिवका उम्मेद्वारहरु डिल्ली सुब्बा ६९, प्रकास लिङ्देन १७९, प्रदिप खरेल ८२, कान्ती बहादुर कार्की ३४, मदन बुढाथोकी १७०, केशव कुमार ६१, पारस संगौला ८३ र तारा प्रसाद चापागाईले ३६ मत पाएका छन् ।

९ गते भएको उद्घाटनपछि विर्तामोडमा सर्वसम्मतका लागि प्रयास गरिएको थियो । १४ जना अध्यक्षका आकांक्षीमध्ये १२ जनाले उम्मेदवारी नदिने भएपछि सहमतिका लागि बाटो खुलेको थियो । अध्यक्षका उम्मेद्वार ओलीले पुरानो नेता भएकै कारण आफुलाई छोड्नुपर्ने अडान राख्दै आएका थिए । ओलीलाई यसअघि पार्टीको प्रदेश कमिटीमा समेत नअटाएपछि आफ्नो सम्मान खोज्न उनले नगरमा प्रतिष्पर्धा गर्नुपरेको छ । बिर्तामोड एमालेको माहोल युवाको पक्षमा भएको थाहा हुँदाहुँदै ओली समर्थहरुले निर्वाचनमा जान जोड गरेका थिए ।
यस्तै सदस्यमा गुञ्जन प्रसाई र किशोर पौडेल निर्वाचित भएका छन् । दलित सदस्यमा रोशन घतानी र सुमन त्रिखत्री निर्वाचित भएका छन् । ७५ सदस्यीय कमिटीको घोषणा पछि शपथ खुवाइएको थियो ।

प्रकाशित मिति : कार्तिक १८, २०७८ बिहीबार  ११ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]