बैशाख १६, २०८१ आईतबार

यस्ताे छ, शुक्रवारसम्मकाे माैसम

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थान भन्दा केही उत्तर तर्फ (नेपाल तर्फ) सरेको छ | साथै पूर्वि र मध्य नेपालमा एउटा Deep  Depression को असर पनि देखिएको छ। उक्त Deep Depression, हाल उत्तरी ओडिसा तटीय नजिकै उत्तर -पश्चिम बंगालको खाडीमा अवस्थित छ । मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) को औसत  स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म( Head of Bay of Bengal) जनाउँछ।
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य बदली रही पूर्वी भू भागको थोरै स्थानहरुमा र पश्चिमको १/२ स्थानहरुमा हल्का वर्षा भइरहेको छ । देशको पूर्वी भू-भागका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

श्रावण २२ गते (बुधबार)

राती: देशका धेरैजसो स्थानहरुमा सामान्य वदली रही पूर्वी र मध्य भू-भागहरूका केही स्थानहरुमा र पश्चिमी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। पूर्वी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

श्रावण २३ गते (बिहिबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही पश्चिम र मध्यका केही स्थानहरुमा  र पुर्वका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती: देशका धेरैजसो स्थानहरुमा सामान्य वदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुनसक्छ।

श्रावण २४ गते (शुक्रबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया वदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको केही स्थानहरुमा मेघ गर्जन सहितको वर्षा हुने/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिन्छ।  पूर्वी नेपालका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्छ। तसर्थ यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिन्छ।

प्रकाशित मिति : श्रावण २२, २०७६ बुधबार  ७ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]