बैशाख १३, २०८१ बिहीबार

बिर्तामोड एमालेको निर्वाचन र उमा सरको टिम

प्रदीप परियार

नेकपा एमाले बिर्तामोड नगर कमिटीको निर्वाचनमा १३७ मत अन्तरले सुवास भट्टराईले विजयी भए । उनका प्रतिद्वन्दी उमानाथ ओलीले १४० मत प्राप्त गरे । व्यवसायिक क्षेत्रबाट उदाएका भट्टराई र बौद्धिक क्षेत्रका अगुवा मानिएका ओलीबिच किन सहमति हुन सकेन भन्ने चर्चा अझै सेलाएको छैन ।

निर्वाचनको पूर्वसन्ध्यामा ठुलो जमातले ओलीको जीत नहुने गरि विश्लेषण गरेको थियो । त्यै पनि ओली निर्वाचनमा सहभागी भए । ओलीलाई कसले बोक्यो भन्ने प्रश्न अझै ताजा छ । अर्थशास्त्रमा एमफिल गरिसकेका ओली मेची क्याम्पसको पूर्व प्रमुख समेत हुन् । उमानाथको नाममा सर्वसम्मत हुनुपथ्र्यौ भन्ने समूह पनि ठुलै थियो । व्यवसायीक क्षेत्रमा धेरै समय दिएका भट्टराईलाई पराजीत गर्न नसक्नुको कारण भनेको युवा नेतृत्वको माग नै हो । पार्टीमा लामो समयदेखि योगदान गरेको भन्दा पनि अब पार्टीलाई गति दिन सक्ने नेतृत्व विर्तामोडले खोजेको हो । त्यसै बमोजिमको परिणाम विर्तामोडले पाएको छ भन्न थालिएको छ । ओलीलाई पार्टीले व्यवस्थापन नगर्दा पनि उनले आफ्नो सम्मानका लागि निर्वाचनमा सहभागी हुनुको विकल्प थिएन ।

निर्वाचनभन्दा अगाडि ओलीका केहि शुभचिन्तकले भनेका थिए, सर तपाई चुनाव जित्नुहुन्न । सर्वसम्मत हुन्छ भने अघि बढ्नुहोस् । नभए, निर्वाचनमा सहभागी नहुनु । ओलीले जवाफमा भनेका थिए, टिमले जितिन्छ भन्छ । जितिन्छ भनेकाले अघि बढेको छु । ओलीको टिम भनेको को हो ? के आधारमा जितिन्छ भन्ने आँकलन गर्यो ? ओली सरको आत्मसम्मानमा ठोस् पुगेको छ । अब, पार्टीले कहाँ कसरी व्यवस्थापन गर्छ त ?

बिर्तामोड वाणिज्य संघको चुनावमा अध्यक्ष हारेका भट्टराईले बिर्तामोडको पार्टी चुनावमा सानदार मत ल्याए । यो आँकलन पहिले नै गरिएको थियो । १४ जना आकांक्षीमा १२ जनाले ब्याक हुँदा पनि ओलीले आफ्नो अडान छाडेनन् । लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनु र पराजीत हुनु फेरि सर्वस्व सकियो भन्ने त होइन । तर, पार्टीको आन्तरिक चुनावमा यसरी निर्वाचन गराएर अग्रज तथा पुराना नेता पराजीत हुनुलाई समीक्षाको विषय चै बनाउनै पर्छ । यसको मुल प्रश्न भनेकै ओलीको टिममाथि जान्छ ।

झापाको पार्टी राजनीतिमा बिर्तामोडको भूमिका प्रभावशाली छ । त्यसै पनि यहाँको निर्वाचनलाई महत्वका साथ हेरियो । निर्वाचन भनेकै जीत हार हो । यसमा धेरै किन समीक्षा गर्ने भन्ने हुन सक्छ । तर, राजनीतिक समीक्षा नगरी अघि बढ्ने हो भने धेरै ठाउँ फसिन्छ ।
सुवास भट्टराईकोे एउटा तहसम्म राम्रो लिगेसी छ । ठुलो युवा समूहसँग भट्टराई प्रिय छन् । ओली पनि पुराना पार्टी कार्यकर्ता बिच प्रिय छन् । तर, आजको दिनमा पार्टी हाक्न युवाहरु तम्तयार छन् । त्यसैले पनि युवाले युवालाई नै जिताए । पहाडबाट विर्तामोड झरेका पार्टी सदस्यले मात्रै कहाँ भट्टराईले चुनाव जित्न सक्छन ? भनिएको थियो । तर, भट्टराईले सबैको मत पाए ।

बिर्तामोडको निर्वाचन सबै नेता कार्यकर्ताको लागि एउटा शिक्षा हुन सक्छ । पार्टीमा जतिसुकै योगदान होस् । भुगोल बलियो छैन भने त्यहिबाट आफुलाई मुल्याङकन गर्ने हो । जिल्लामा , प्रदेशमा र केन्द्रमा हाइहाइ भएर मात्र हुदैन । भूगोल व्यवस्थित गर्नुपर्छ । नत्र, विश्वप्रकाश शर्मा कै जस्तो अवस्था हुन्छ । एउटा प्रशंग जोडौं, आगामी चुनावमा कहाँ–कहाँ रोज्ने काम हुँदैछ । रोज्ने नेताहरुले एक पटक नोटमा बुँदाहरु तयार गरौं । भुगोलका लागि के काम गरियो ? भुगोलमा आफ्नो हैसियत अहिले के छ ? के भन्दै भोट माग्न जाने ?

अर्को, बिर्तामोडका लागि योग्य उम्मेद्वार भनेको नगेन्द्र संग्रौला, सुवास भट्टराई र उमानाथ ओली नै हुन् । उनीहरु बिच सहमति गराउन नसक्नु नेताहरुको कमजोरी भयो । अब, पार्टीलाई एक ढिक्का बनाएर चलाउने, अग्रजको सम्मान गर्ने सबै दायित्व नयाँ नेतृत्वको काँधमा छ ।

प्रकाशित मिति : कार्तिक २१, २०७८ आईतबार  ६ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]