बैशाख २९, २०८२ सोमबार

मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदै

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज (सोमबार) विश्वासको मत लिँदैछन् । सोमबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा पाण्डेले विश्वासको मत लिन लागेका हुन् । बहुमतका आधारमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा (एकीकृत समाजवादी) का नेता पाण्डे यही कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले एक महिना नपुग्दै विश्वासको मत लिन लागेका हुन् ।

सोमबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रस्ताव पेश हुँदैछ । सम्भवत आजै मुख्यमन्त्रीको प्रस्तावमा मतदान हुने एक नेताले जानकारी दिए । प्रदेशसभामा बहुमत गुमाएपछि एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थि ए।

पाण्डेलाई नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलले समर्थन गरेका छन् । बागमती प्रदेशसभामा हाल १०९ सांसद छन् । प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक पर्छ । मुख्यमन्त्री नियुक्त हुँदा पाण्डेको पक्षमा ५९ जना सांसदले हस्ताक्षर गरेका थिए ।

बागमती प्रदेश सभामा एमालेका ४३ जना, माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका तीन, नेमकिपा र राप्रपाका दुई–दुई जना तथा जनता समाजवादी पार्टीका एक जना सांसद छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीसहितका सत्ता गठबन्धनका दलले केन्द्रदेखि प्रदेशसम्म भागबण्डाको आधारमा सरकार गठन गरेका छन् ।

प्रकाशित मिति : कार्तिक २२, २०७८ सोमबार  ८ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]